बलिउडका गायक अंकित तिवारी चितवन आउँदै

चितवन । बलिउडका चर्चित पाश्र्व गायक तथा संगित निर्देशक अकिंत तिवारी क्याम्पाचौर नारायणगढमा कार्तीक ६ गते ईभेन्टसका लागि आउने भएका छन् । चितवनमा आयोजना हुन लागेको कन्सर्टमा आफ्नो प्रस्तुती दिन र उनकै नया एल्बम तुम हर दफाहको प्रमोशनको लागि चितवन आउन लाग्नुभएको आयोजक कमिटिका सदस्य सन्दिप झाले जानकारी दिए ।

जजी ईन्टरटेगमेन्ट एण्ड नबिन उपाध्यायको प्रस्तुतीमा हुने टि एस एन चितवन म्युजिक फिस्टामा तिवारीको प्रस्तुती रहने छ । चितवनकै ठुलो ईभेन्टका रुपमा लिईएको यस ईन्भेटको लागि भव्य तयारी भईरहेको आयोजकले जनाएको छ । बलिउडका चर्चित पाश्र्व गायक तथा संगित निर्देशक अकिंत तिवारी संगै सो ईभेन्टसमा डिजे, स्थानिय गायक , ब्रोहुड व्यान्ड तथा नेपाली कथानक चलचित्र रोमीयोका कलाकारहरु निशा अधिकारी लगायतको प्रस्तुती रहने पत्रकार सम्मेलनमा जनाईएको छ ।

दुई हजार , एक हजार र पाच सय रुपैयाको टिकटदर तोकीएको सो ईभेन्टमा सुरक्षाको लागि सिसिटिभी क्यामरा र फ्रि वाईफाईको पनि व्यवस्था गरिएको झा ले बताउनुभएको छ । ईभेन्टस क्याम्पाचौर नारायणगढमा कार्तीक ६ गते हुनेछ । बैष्णब मिष्ठान भण्डार, फुटकोर्ट , चुल्हो लगायतका स्थानबाट टिकट लिन सकिने व्यवस्था रहेको छ । भव्य र सभ्य रुपमा आयोजना गर्न लागिएको ईभेन्टसका लागि करिब २० लाख खर्च हुने आयोजकले जनाएको छ ।

Loading...