माअोवादी र एमालेबीच ३२ जिल्लाको भागबण्डा २१ क्षेत्र एमालेलार्इ माअोवादीको भागमा १६ (सूचीसहित)

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका छन् । मंसिर १० गते निर्वाचन हुने जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट भएको हो । दुर्इ दलबीचको कार्यदलले तयार गरेको बाँढफाँडलार्इ पार्टी एकता संयोजन समितिले टुंगो लगाएको छ ।

दुई दलबीच संविधानसभा २०७० र स्थानीय चुनावका आधारमा निर्वाचन क्षेत्र बाँड्ने सहमति भएको थियो । पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट पाएका छन् ।

कार्यदलमा सिन्धुपाल्चोक, रामेछाप, धादिङ लगायतको सिट बाँडफाँटमा सकस देखिएको थियो । सिन्धुपाल्चोक १ माओवादीले लिएको छ भने २ एमालेको भागमा परेको छ ।

गोरखाको दुबै क्षेत्रसँगै रामेछाप माओवादीले लिँदा धादिङको दुबै क्षेत्र एमालेले लिएको छ । नुवाकोट १ माओवादी र २ एमालेको भागमा परेको छ भने बाग्लुङ १ एमाले र २ माओवादीले लिएको छ ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाका सिटहरू यसरी बाँडफाँट गरिएको छ ।

एमालेले पाएका क्षेत्र

  1. ताप्लेजुङ
  2. पाँचथर
  3. संखुवासभा
  4. अोखलढुंगा
  5. खोटाङ
  6. दोलखा
  7. रसुवा
  8. सिन्धुपाल्चोक-२
  9. नुवाकोट २
  10. धादिङ १
  11. धादिङ २
  12. मनाङ
  13. मुस्ताङ
  14. म्याग्दी
  15. बाग्लुङ १
  16. डोल्पा
  17. मुगु
  18. बझाङ
  19. बाजुरा
  20. बैतडी
  21. दार्चुला

माअोवादी केन्द्र

  1. भोजपुर
  2. सोलुखुम्बु
  3. रामेछाप
  4. सिन्धुपाल्चोक १
  5. नुवाकोट १
  6. लमजुङ
  7. गोरखा १
  8. गोरखा २
  9. बाग्लुङ २
  10. रोल्पा
  11. रूकुम पूर्व
  12. जुम्ला
  13. कालिकोट
  14. हुम्ला
  15. जाजरकोट
  16. रूकुम पश्चिम
Loading...