प्रदेशसभाका ७४ सिटः एमाले र माअोवादीको भागमा कुन-कुन ?

काठमाडौं । एमाले र माओवादीले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ७४ वटा प्रदेशसभाका सिटको बाँडफाँट टुंगो लगाएका छन् । ७४ मध्ये ४१ सिट एमालेले लिएको छ भने माओवादीले ३३ सिट पाएको छ ।

प्रतिशतको हिसाबले पहिलो चरणको चुनावमा प्रदेशसभामा एमालेले करिब ५५ प्रतिशत र माओवादीले भण्डै ४५ प्रतिशत भाग पाएको छ  । चुनाबी तालमेलमा ६०/४० को भागवण्डा गरिनुपर्ने माग गर्दै आएको माओवादीले पहिलो चरणको तालमेलमा सम्मानजनक सिट पाएको छ ।

एमालेले प्रदेशसभामा भोजपुर, सोलुखुम्बु, रामेछाप, लमजुङ, मनाङ, मुस्ताङ जाजरकोट र बाजुराका सबै सिटहरु आफ्नो भागमा पारेको छ । त्यसैगरी माओवादीले प्रदेशसभातर्फ रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, गोरखा-२ र हुम्लाका सबै सीट आफ्नो भागमा पारेको छ । बाँकी चुनाव क्षेत्रका प्रदेशसभाहरुमा दुबै दलले लगभग बराबरी भागवण्डा गरेका छन् ।

एमालेले पाएका प्रदेश सभा ४१ सिट

  1. ताप्लेजुङ (क)
  2. पाँचथर (क)
  3. संखुवासभा (ख)
  4. भोजपुर (क)
  5. भोजपुर (ख)
  6. अोखलढुंगा (क)
  7. सोलुखुम्बु (क)
  8. सोलुखुम्बु (ख)
  9. खोटाङ (क)
  10. सिन्धुपाल्चोक १ (ख)
  11. सिन्धुपाल्चोक २ (ख)
  12. नुवाकोट १ (ख)
  13. नुवाकोट २ (क)
  14. लमजुङ (क)
  15. लमजुङ (ख)
  16. धादिङ १(क)
  17. धादिङ २ (क)
  18. मनाङ क
  19. मनाङ ख
  20. दोलखा (ख)
  21. रामेछाप (क)
  22. रामेछाप (ख)
  23. रसुवा (क)
  24. मुस्ताङ (क)
  25. मुस्ताङ (ख)
  26. म्याग्दि (ख)
  27. गोरखा १ (ख)
  28. बाग्लुङ १ (क)
  29. बाग्लुङ २ (ख)
  30. डोल्पा (क)
  31. जुम्ला (ख)
  32. कालिकोट (क)
  33. जाजरकोट (क)
  34. जाजरकोट (ख)
  35. मुगु (क)
  36. मुगु (ख)
  37. बझाङ (क)
  38. बाजुरा (क)
  39. बाजुरा (ख)
  40. बैतडी (ख)
  41. दार्चुला (क)

माअोवादी केन्द्रले पाएका ३२ सिट

  1. ताप्लेजुङ (ख)
  2. पाँचथर (ख)
  3. संखुवासभा (क)
  4. अोखलढुंगा (ख)
  5. खोटाङ (ख)
  6. दोलखा (क)
  7. रसुवा (ख)
  8. सिन्धुपाल्चोक १ (क)
  9. सिन्धुपाल्चोक २ (ख)
  10. नुवाकोट १ (क)
  11. नुवाकोट २ (ख)
  12. धादिङ १ (ख)
  13. धादिङ १ (ख)
  14. गोरखा १ (क)
  15. गोरखा २ (क)
  16. गोरखा २ (ख)
  17. बाग्लुङ १ (ख)
  18. बाग्लुङ १ (क)
  19. म्याग्दी (क)
  20. रोल्पा (क)
  21. रोल्पा (ख)
  22. रूकुम पूर्व (क)
  23. रूकुम पूर्व (ख)
  24. जुम्ला (क)
  25. कालिकोट (ख)
  26. हुम्ला (क)
  27. हुम्ला (ख)
  28. रूकुम पश्चिम (क)
  29. रूकुम पश्चिम (ख)
  30. डोल्पा (ख)
  31. बझाङ (ख)
  32. बैतडी (क)
  33. दार्चुला (ख)

 

Loading...