किन अटाउन सकेनन् महरा प्रत्यक्ष निर्वाचनमा रोल्पामा

काठमाडौँ । संविधानसभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ मा विजयी भएका माओवादी नेता कृष्णबहादुर महरा दोस्रो संविधानसभा निर्वाचनका बेला दाङमा अडिएनन् ।

रोल्पालाई आफ्नो सुरक्षित थलोको रुपमा बुझेका उनी दोस्रो संविधानसभा मा रोल्पा १ बाट जिते । पहिलो निर्वाचनमा दाङमा विजयी महराको रोल्पा यात्रा लाई त्यो बेला उनी दाङमा निकै असुरक्षित गरेर पाखा लागेको भन्ने विश्लेषण गरिएको थियो ।

यसको कारण निर्वाचन जितेपछि उनी मतदातासँग निकट रहन नसकेको भनेर चर्चा गरिएको थियो । प्रतिनिधि सभा निर्वाचनका लागि महरा यसपालि रोल्पामा अटाउन सकेनन् ।

आजको नागरिक दैनिकका अनुसार नेता बर्षमान पुन यसपटक रोल्पा भित्रिने कसरतमा लागेपछि महराका लागि एउटै निर्वाचन क्षेत्र रहेको रोल्पामा स्पेस नरहेको चर्चासमेत भएको छ ।

यद्यपि माअ‍ेवादीले यसलाई भने महराकै सुझावको आधारमा बर्षमान रोल्पामा उम्मेदवार बनेको दाबी गर्दै आएको छ ।

Loading...