अन्तत दीपक मनाङे एमालेका उम्मेदवार

काठमाडौं । दीपक मनाङेलार्इ समर्थन गर्दै एमालेले मनाङको प्रदेश ख निर्वाचन क्षेत्रबाट अाफ्नो उम्मेदवारी फिर्ता लिएको छ । वाम गठबन्धनकी साझा उम्मेद्वार खण्डा लामा गुरुङले आनो उमेदवारी फिर्ता लिएकी हुन् ।

उनी एमालेकी जिल्ला नेता हुन् । स्वतन्त्र उमेदवारी दिएका गुण्डा नाइके दीपक मनाङ्गेलाई सघाउने भन्दै उनले आफ्नो उमेदवारी फिर्ता लिएकी गुरूङ मनाङेसँगै एमालेमा प्रवेश गरेकी थिइन् ।

एमालेले प्रदेशसभामा मनाङ्गेको नाम सिफारिस गरेको थियो । तर, चौतर्फी आलोचना भएपछि टिकट दिइएन । लगतै मनाङ्गले स्वतन्त्र उम्मेदवारी दिए । बुधबार एमालेले उम्मेदवारी फिर्ता लिएको छ ।

एमाले मनाङ अध्यक्ष एवं प्रतिनिधिसभाका उम्मेदवार पाल्देन छोपाङ गुरुङले उनीहरु -मनाङ्गे र खण्डा दाजु बैनी भएको भन्दै पार्टीको समर्थन मनाङेलार्इ रहने बताए ।

अब कांग्रेस उम्मेदवार कर्मा गुरुङ र मनाङेबीच प्रतिस्पर्धा हुनेछ । मनाङे केही समयअगाडि मात्रै राप्रपा छोडेर एमाले प्रवेश गरेका थिए ।

Loading...