ज्ञानेन्द्रको अभिव्यक्तिको स्वागत गर्दै चितवनमा जुलुस

चितवन । राष्ट्रिय नागरिक संघर्ष समिति चितवनले पूर्व राजा ज्ञानेन्द्र शाहले तिहारको दिनमा जारी गरेको वक्तव्यको स्वागत गर्दै चितवनमा ¥याली निकालेको छ । पूर्व राजा ज्ञानेन्द्रले कात्तिक ४ गते नेपालीहरुको महान् पर्व भाइटिकाको अवसर पारेर राष्ट्र र राष्ट्रियताका बारेमा दिएको अभिव्यक्तिको स्वागत गर्दै समितिले भरतपुरको चौबिसकोठीदेखि पुलचोकसम्म ¥याली निकालेको हो ।

¥यालीमा सहभागीहरुले हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ । राजा आउ देश बँचाउ । जस्ता नाराहरु लगाएका थिए । चौबिसकोठीबाट पञ्चेबाजा र भजनकीर्तन सहित सुरु भएको ¥याली लायन्सचोक, सहिदचोक हुँदै पुलचोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् नेपाल विद्यार्थी संघका संस्थापक संयोजक वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीले नेपाललाई जुन सुकै अवस्थामा पनि हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताउनुभयो । नेपालमा अधिकांश मानिसहरु हिन्दू धर्मावलम्बी र ओमकार परिवार भित्रका रहेकाले कुनै पनि हालतमा धर्म निरपेक्ष हुन नहुने नेपालीको भनाइ थियो ।

राष्ट्रिय नागरिक संघर्ष समिति नेपालका राष्ट्रिय प्रवक्ता हिराबहादुर चन्द, संयुक्त ओमबार भोलेन्टियरका अध्यक्ष पदमराज पाण्डे, समाजसेवी शेखरजंग रायमाझीलगायतका व्यक्तिहरुले नेपालमा राजाको आवश्यकता भएकोमा जोड दिएका थिए ।

Loading...