गोरखाबाट एक पछि अर्का सारथीले साथ बाबुरामको साथ छाड्दै

बासु पोखरेलले समेत छाडे बाबुरामको साथ

काठमाडौं । नयाँ शक्तिका नेता कार्यकर्ता एक पछि अर्को गर्दै माअोवादी केन्द्रमा प्रवेश गर्दै छन् । पूर्व माअोवादी नेता समेत रहेका डा. बाबुराम भट्टरार्इ एक पछि अर्को गर्दै अाफ्ना सहयात्रीबाट एक्लिँदै गएका हुन् ।

अाइतबार मात्र नयाँ शक्तिका नेता बासु पोखरेल माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलार्इ पार्टीमा भित्राउँदै अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईका पछिल्ला कदमले स्वयं उनैलाई र उनको पार्टी नयाँ शक्तिलाई संकटमा पारिरहेको टिप्पर्णी गरे ।

प्रचण्डले डा. भट्टराईले माओवादी छाड्नु र वाम गठवन्धन छाडेर कांग्रेससँग मिल्नु दुःखद भएको बताए । उनले भने, ‘उहाँको कामले उहाँलाई त संकटमा पारेको छ नै, नयाँ शक्ति पनि केहो-केहो भन्ने भएको छ ।’

कार्यक्रममा माओवादी नेता एवम् गोर्खा क्षेत्रनम्बर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले वाम गठबन्धनले जितेर मात्र देशको स्थीरता र समृद्धि सम्भव हुने बताए ।

माओवादी केन्द्रमा प्रवेश गरेका गोरखा सिरानचोकका बासु पोखरेल नयाँ शक्तिको केन्द्रीय परिषद सदस्य हुन् । उनलाई नयाँशक्तिले काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा उम्मेदवारको रुपमा अघि सारेको थियो ।

Loading...