माडीका बाढीपीडितलाई राहत सामाग्री वितरण

चितवन । माडीका बाढीपीडितलाई भरतपुरमा राहत सामग्री उपलब्ध गराइएको छ । माडी नगरपालिका वडा नम्बर ३ कुसुम खोलाका बाढी पीडितलाई भरतपुरको पञ्चशील तमु समाज सुधार समिति र राष्ट्रिय फोटो पत्रकार समूह चितवनको संयुक्त आयोजनामा राहत वितरण गरिएको हो ।

भरतपुरमा आयोजना गरिएको राहत वितरण कार्यक्रममा माडीका आठ परिवार बाढी पीडितलाई तमु समाजले प्रति परिवार १० हजार रुपैयाँको दरले र फोटो पत्रकार समूहले लत्ता कपडा राहत स्वरुप प्रदान गरेका थिए । राष्ट्रिय फोटो पत्रकार समूह चितवनका संयोजक कोमलचन्द्र भगतले केन्द्रबाट संकलन भएर आएको राहत सामग्री माडीका बाढी पीडितलाई वितरण गरिएको बताउनुभयो ।

गत साउन २८ र २९ गते बाढी आएपछि प्रभावित भएकाहरुलाई वितरण गर्नको लागि राष्ट्रिय फोटो पत्रकार समूहले संकलन गरेको लत्ता कपडा माडीका बाढी पीडितलाई प्रदान गरिएको हो । पञ्चशील तमु समाज सुधार समितिका अध्यक्ष रथप्रसाद गुरुङले माडीबाट भरतपुर आएर बसोबास गरिरहेका व्यक्तिहरुले रकम संकलन गरेर माडीका बाढीपीडितलालाई आर्थिक सहयोग गरेका गुरुङले बताउनुभयो ।

 

Loading...