काम विहिन स्थानीय तहमा शिक्षाका कर्मचारी

काठमाडौँ । संविधानले सार्वजनिक विद्यालयलाई स्थानीय निकायको क्षेत्राधिकारमा पारेपछि शिक्षा मन्त्रालयले काममा सहजीकरण गर्न पदाधिकारीहरु स्थानीय निकायमा खटाए पनि उनीहरुले काम गर्ने वातावरण भने अझै बनेको छैन ।

अाजको नागरिक दैनिकका अनुसार मन्त्रालयले काठमाडौं महानगरपालिकामा खटाएको उपसचिवहरुले काम गर्ने ठाउँ समेत पाउन सकेको छैनन् । उनीहरुको दैनिकी हाजिर गरेर फर्किनुमै सिमित भएको छ ।

काठमाडों र लललितपुरक महानगरपालिकाले शिक्षाको कामकारबाही व्यवस्थापन गर्न नसक्दा सनर्वजनिक शिक्षामा अन्योलको वाताबरण सिर्जना भएको ललितपुर जिल्लामा खटिएका शिक्षा उपसचिव हरि अर्यालले बताउँछन् ।

Loading...