निर्वाचनमा इलाममा काँग्रेसका यी खेलाडी चुनावमा लड्दै छन्

इलाम । नेपाली काँग्रेसले इलामबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आफ्नो उम्मेदवारको टुंगो लगाएको छ ।

प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नं १ बाट भूपेन्द्र कट्टेल र क्षेत्र नं २ बाट पूर्वसांसद केशव थापा चुनावी मैदानमा उत्रिने भएका छन् । यसैगरी, प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १ को (क) मा देवेन्द्रकुमार राई र १ को (ख) मा दुर्गा बराल उम्मेदवार बन्नुभएको छ ।

यस्तै क्षेत्र नं २ को (१) मा डम्बर खड्का र क्षेत्र नं २ को (२) मा खगेन्द्र देवान उम्मेदवार रहनुभएको बताइएको छ ।

यसैबीच संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य देवेन्द्र राई काँग्रेस पेवेश गरेसँगै प्रदेशसभाको टिकट पाएका छन् । उनलार्इ काँग्रेसले क्षेत्र नं १ को (क) बाट टिकट दिएको छ ।

 

Loading...