चितवनमा रोजक भिडन्त, चितवन ३ बाट प्रचण्ड र पाण्डेका मनोनयन (फोटो फिचार)

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र न ३ बाट उम्मेद्वारी दर्ता गराएका छन् । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको दोश्रो चरणको निर्वाचनका लागि देशका विभिन्न राजनीतिक दलका शीर्ष नेताले बिहिबार आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मनोनयन दर्ता गराउने क्रममा उनले चितवनबाट दर्ता गराएका हुन ।

अध्यक्ष प्रचण्डको प्रस्तावकमा माओवादी केन्द्रका नेता अमिक शेरचन र समर्थकमा एमाले नेता रामजी सापकोटा रहेका छन । त्यस्तै चितवन क्षेत्र नं. १ बाट पूर्वमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डे र क्षेत्र नं। २ बाट पूर्वसांसद एवं एमाले चितवन अध्यक्ष कृष्णभक्त पोखरेलले उम्मेद्वारी दर्ता गरे । त्यसै गरी प्रदेश सभातर्फ १ (क) मा एमालेका दावा दोर्जे लामा, १ (ख) मा एमालेका कृष्ण खनाल, २ ९क० मा माओवादी केन्द्रका घनश्याम दाहाल, २ (ख) मा एमालेका विजय सुवेदी, ३ (क) मा एमालेका कृष्ण भूर्तेल र ३ (ख) मा माओवादी केन्द्रका रामलाल महतोले उम्मेद्वारी दर्ता गरे ।

त्यस्तै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ७० वर्षदेखि चल्दै आएको अस्थिर सरकारको इतिहास बाम गठबन्धनले तोड्ने बताउनु भएको छ । चितवन ३ बाट एमालेमा–माओवादीका साझा उम्मेदवार बन्नुभएका उहांले उम्मेदवारी दर्ता गराउने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै ७० देखिको पांच बर्षपनि टिक्न नसक्ने परम्परा अन्त्य हुन लागेको वताउनु भयो ।

उहांले बाम गठबन्धनले ढुक्कसंग बहुमत ल्याउने र पांच वर्ष सरकार चलाउने दावी गर्नुभयो । बाम सरकारसंगै देशमा स्थिरता कायम हुने प्रचण्डको भनाई छ । प्रचण्डले चितवनका जनताको मायाले डोर्याेएपछि आफुले चितवन ३ बाट उम्मेद्वारी दिएको वताउनुभयो । गृहजिल्ला आउन ११ बर्ष लागेको भन्दै उहांले जनताको साथ र सहयोगले उत्साह वढेको बताउनुभयो ।चितवनमा बाजागाजा सहित लोकतान्त्रिक गठबन्धनले प्रतिनिधि सभाको निर्बाचनका लागि मनोनयन दर्ता गराएको छ ।

चितवन निर्वाचन क्षेत्र नः १ मा काँग्रेसले राजेन्द्र बुर्लाकोटीको उम्मेद्वार मनोनयन दर्ता गराएको हो । चितवन क्षेत्र नः १ को प्रदेश क्षेत्र (क) मा धनबहादुर गुरुङ र (ख) मा उत्तम आर्चायलाई मनोनयन बिहिबार दर्ताृ गराईएको छ । ।यस्तैं, क्षेत्र नः २ बाट शिक्षा राज्यमन्त्री समेत रहेका शेषनाथ अधिकारी काँग्रेसको उम्मेद्वार बन्नुभएको छ ।प्रदेश क्षेत्र नं.३ (क) मा काँग्रेसले दिनेश कोइराला र (ख) मा साजनकुमार महतोको उम्मेदवारी दर्ता गराएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का उपाध्यक्षतथा बन तथा भु संरक्षण मन्त्रि विक्रम पाण्डेले चितवन ३ बाट मनोनयन दर्ता गराउनुभएको छ । प्रतिनिधि सभाको दोश्रो चरणको निर्वाचनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेताले बिहिबार आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मनोनयन दर्ता गराउने क्रममा उहाले चितवनबाट दर्ता गराएका हुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेले चितवन ३ का जनताको मायाका कारण पुनः उम्मेद्वारी दिएको वताउनुभएको छ । लोकतान्त्रिक गठबन्धनको साझा उम्मेद्वारको रुपमा मनोनयन दर्ता गराउने क्रममा संचारकर्मीसंग कुरा गर्दै बनमन्त्री समेत रहेका पाण्डेले २० बर्षदेखी चितवन ३ का जनतालाई साथ दिएका कारण जनताले आफुलाई रोज्ने वताउनुभयो । पाण्डेले भन्नुभयो, यहांको माटो संग म भिजेको छु,बच्चादेखी वृद्धसम्मले मेरो उम्मेद्वारी खोजेको छ, त्यसैले मेरो विजयी सुनिश्चित छ । पाण्डेले आफ्नो चुनाव जित्ने आधार विकास निर्माण भएको वताउनुभयो ।

चितवन ३ मा धेरै विकास निर्माणका काम आफुले गरेको र पाइपलाइनमा रहेका विकास निर्माण पुरा गर्न पनि आफ्नो जित आवश्यक रहेको उहांको भनाई छ । भरतपुर र माडि नगरपालिकालाई सम्मुनत बनाउन आफु केन्द्रित रहने पाण्डेले वताउनुभयो ।

सबै लोकतान्त्रिक शक्तिलाई एक ढिक्का बनाएर प्रजातन्त्र स्थापना गर्नेमा काग्रेस लागिपरेको नेपाली काग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले बताउनुभएको छ । लोकतन्त्र रक्षाको लागि नेपाली काग्रेसको आव्हानमा संगठित भएर लोकतान्त्रिक शक्ति बनेको र यसलाई कसैले हराउन नसक्ने काग्रेस चितवनका सभापति श्रेष्ठको दाबी रहेको छ ।

नेपाली काग्रेसका बरिष्ठ नेता शेषनाथ अधिकारीले चितवन क्षेत्र नम्बर २ बाट जित्ने दाबी गर्नुभएको छ । आफुले गरेका कार्य र यहाको माटो र बाटोले आफुलाई चिनेको हुनाले निर्बाचन जित्ने उल्लेख गर्नुभयो ।

विवेकशील साझा पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल, देशभक्त जनगणतान्त्रिक नेपाल, संघीय समाजवादी पार्टीलगायत स्वतन्त्र उम्मेद्वार उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् ।

 

 

Loading...