वारेसनामा मार्फत देउवाको उम्मेदवारी

डडेल्धुरा । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वारेशनामामार्फत डडेल्धुरबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उहाँले गणेशप्रसाद पन्तमार्फत वारेशनामा पठाएर मनोयन दर्ता गराउनुभएको हो ।
प्रदेश सभा सदस्यका लागि (क) बाट काँग्रेसका पूर्वजिल्ला सभापति तथा पूर्वजिविस सभापति रघुवर भट्ट र (ख) बाट काँग्रेसका जिल्ला सभापति कर्णबहादुर मल्लले मनोनयन दर्ता गराउनुभएको छ ।

यसैगरी प्रतिनिधि सभा सदस्यका लागि वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य खगराज भट्टले मनोयन दर्ता गराउनुएको छ । प्रदेश सभा सदस्यका लागि बाम गठबन्धनबाट (क) र (ख) मा एमालेका क्रमशः पठानसिंह बोहरा र डा तारा जोशीले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Loading...