पाँच वर्षका लागि सीका यी सैन्य सारथी

- एजेन्सी

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेनामा केही उच्च अधिकारीलाई बढुवा गरेका छन् । राष्ट्रपति सी प्रमुख रहेको केन्द्रीय सैन्य आयोग (सीएमसी)ले चाङ सेङमिनलाई चिनियाँ सेनाको उच्च अधिकारी ‘जर्नेल’ तोकेको छ । उनी सशस्त्र फौजको भ्रष्टाचारविरोधी एकाइका प्रमुख थिए ।

५९ वर्षिय चाङलाई जनमुक्ति सेनाका एड्मिरलसँग काम गर्ने जिम्मेवारी सुम्पिइएको छ । उनी हालै सीएमसी अनुशासन निरीक्षण आयोगका प्रमुख बनाइएका थिए । उक्त आयोगका बर्दीधारी सदस्यहरुमा सु क्वि-लियाङ, चाङ युसिया, वेई फेंगे, ली चुओचेङ र मियाओ हुआ मनोनित भएका छन् ।

नवनियुक्त जर्नेल चाङले यसअघि जनमुक्ति सेनाको रकेट फोर्समा १० वर्ष बिताएका थिए । रकेट फोर्सलाई जनमुक्ति सेनाको दोस्रो वरियताको आर्टिलरी अंग मानिन्छ । त्यहाँका कमान्डर राजनीतिक कमिसार पनि हुन्, जनमुक्ति सेनाभित्र । र, उनी मातहतमा सेनाको राजनीतिक विद्यालय पनि रहन्छ ।

सन् २०१२ मा सत्तामा आएपछि राष्ट्रपति सीले सशस्त्र सुरक्षा फौजमा समेत भ्रष्टाचारविरुद्ध अभियान चलाएका छन् । त्यसक्रममा सु काइहोउ र गुओ बोक्सियोङलगायत एक सय वरिष्ठ सैन्य अधिकारी भ्रष्टाचार, दूराचारलगायत अभियोगमा सजायका भागिदार बनिसकेका छन् । २६ अक्टोबरमा उच्च सैन्य अधिकारीहरुसँग भएको बैठकमा राष्ट्रपति सीले कडा अनुशासनको घेरा नतोड्न निर्देशन दिएका छन् ।

Loading...