निर्वाचनको कसौटीमा पूर्वराजदुत र जनसेनाका कमाण्डर

कपिलबस्तु । प्रतिनिधिसभा सदस्य पदमा प्रतिस्पर्धा गर्न राजदूतबाट राजीनामा दिएका दीपकुमार उपाध्याय यतिबेला कपिलवस्तुका मतदातामाझ छन् । नेपालका लागि भारतीय राजदूत रहेका उपाध्यायले आफ्नो कार्यकाल नसकिँदै सरकारलाई राजीनामा बुझाएर चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । उनले बिहीबार कपिलवस्तु–१ बाट मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसका नेता उपाध्याय दोस्रो संविधानसभा निर्वाचनमा एमाले उम्मेदवारसँग पराजित भएका थिए । उनी पहिलो संविधानसभा निर्वाचनमा भने सोही क्षेत्रबाट विजयी भएका थिए । यसपटक उनलाई वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता चक्रपाणि खनालले चुनौती दिँदै छन् ।

तत्कालीन माओवादी जनसेनाका कमान्डर खनाल माओवादी अध्यक्ष दाहालका विश्वास पात्रमध्येका एक हुन् । नेता उपाध्याय दक्षिणी क्षेत्रका मतदातासामु बलिया नेता मानिन्छन् । उनले आफ्नो उम्मेदवारी दर्तापछि भेटघाटलाई तीव्रता दिएका छन् । यहाँ उनलाई साथ दिँदै छन् । तर उनका लागि चुनौती बनेका छन्, कांग्रेसकै नेता दुर्गाबहादुर सेन ।

उनले उपाध्यायविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् ।

Loading...