सुम्निमा ग्रामिणको पौने ६ करोडको कारोबार

नवलपुर । सुम्निमा ग्रामिण बचत तथा ऋण सहकारी संंस्था लिमिटेड गैँडाकोट २ ले पौने ६ करोडको कारोबार गर्न सफल भएको छ । आर्थिक वर्ष २०७३÷७४ को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७४÷७५ का लागि प्रस्तावित वित्तिय लक्ष्य बजेट प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष हरिराम सापकोटाले संस्थाको कुल पुँजी ५ करोड ७३ लाख २७ हजार ८ सय ५६ रहेको बताउनुभयो ।

आर्थिक वर्ष २०७३÷७४ मा शेयर पुँजी २२ दशमलब ७८ प्रतिशतले बृद्धि भई ८६ लाख ६० हजार पुगेको छ । यस वर्ष निक्षेप बचत ३ करोड ८९ लाख, ऋण लगानी ४ लाख ९२ हजार, सञ्चालन मुनाफा ७ लाख ३८ हजार रहेको कोषाध्यक्ष सापकोटाले बताउनुभयो । संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा कुल पुँजी ८ करोड ७३ लाख ७४ हजार ८ सय ४ रुपँैया पु¥याउने अनुमानित लक्ष्य राखेको संस्थाका प्रमुख व्यवस्थापक खेमराज उपाध्यायले जानकारी दिनुभयो ।

यस्तै संस्थाका सचिव झलकराज पौडेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै भावि कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । संस्थाले आगामी आर्थिक वर्षमा एक करोड शेयर पुँजी वृद्धि गर्ने र ३ सय ६५ दिननै सेवा सञ्चालनको व्यवस्था मिलाइने सचिव पौडेलले बताउनुभयो । २३ औँ साधारण सभा एवं नवौँ अधिवेशनमा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक कविराज आचार्य, ऋण उपसमितिको प्रतिवेदन संयोजक घनश्याम पौडेल, शिक्षा उपसमितिको प्रतिवेदन संयोजक छायादत्त पाण्डेले प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभामा १७४ जना नियमित बचतकर्ता, १२ जना उत्कृष्ट दैनिक बचत कर्ता, २ जना उत्कृष्ट ऐच्छिक बचत कर्ता, ३ जना आवधिक उत्कृष्ट बचत कर्ता, २ जना उत्कृष्ट ऋणीलाई पुरस्कृत गरिएको संस्थाका प्रमुख व्यवस्थापक उपाध्यायले जानकारी दिनुभयो ।

२३ औँ साधारण सभा एवं नवौँ अधिवेशनका प्रमुख अतिथि गँैडाकोट नगरपालिकाकी उपमेयर विष्णुकुमारी कंडेल रहनुभएको थियो । संस्थाका उपाध्यक्ष छायाँदत्त पाण्डेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमका अध्यक्षता संस्थाका अध्यक्ष श्रीनीवाश पौडेल रहनुभएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख दिवश जिशी, मौलाकालि सामुदायिक वनका अध्यक्ष शालिकराम सापकोटा, नेराशआमाविका प्रधानाध्यापक इन्द्रराज भट्टराई, संस्थाका पूर्व अध्यक्षहरु छविलाल कंडेल, जगन्नाथ उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

 

Loading...