पोल्ट्री क्षेत्रको विकासका लागि सरकार तयार

चितवन । राष्ट्रिय योजना आयोगकका सदस्य डाक्टर प्रभु बुढाथोकीले पोल्ट्री क्षेत्रमा नयां आयाम सहितको विकासका लागि सरकार तयार रहेको बताएका छन् । निति तथा योजनामा आवश्यक परिमार्जनका लागि सल्लाह सुझाव सहित प्रस्तुत हुन उनले यस क्षेत्रका सरोकारवालाई आह्वान समेत गरेका छन् ।

चितवनमा तिन दिन सम्म चलेको नेपाल पोल्ट्री एण्ड लाइभस्टक अन्र्तरािष्ट्रय प्रदशनीको समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगकका सदस्य डाक्टर बुढाथोकीले सरकारसंग वार्ताका लागि पोल्ट्री जगतका १० व्यक्ति छनौट भई आउन आग्रह समेत गरेकाछन् । नेपालको उद्योग क्षेत्र मध्य सम्भावना भएको कृषि उद्योगका रुपमा परिचत पोल्ट्रीको उननयनका लागि नेपाल सरकार सजग रहेको उनले जोड दिए ।

निजि क्षेत्रले सुरुआत गरी उचाईमा पु¥याएको पोल्ट्री जगतको विकासका लागि निजि क्षेत्रलाई सक्षम र थप जिम्मेवार बनाउन सके तिव्र प्रगति हुने उनको तर्क छ । पोल्ट्री उद्योगका बाइप्रडक्टका बारेमा अध्ययन अनुसन्धान गरी उपयोगी बनाउन सके प्रचुर सम्भावना रहेको उनले बताए । कुखुराको मासु ,अण्डा र दाना मात्र नभई यसको क्याल्सीयम प्रडक्ट तथा खेर जाने तत्वबाट मल लगायतको उतपादन गर्न सकिने तर्फ ध्यान दिन उनले उद्योगीहरुलाई सुझाएकाछन् ।

कार्यक्रममा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले पोल्«ी उद्योगले छलांग मार्ने प्रशस्त सम्भावना रहेपनि सरकारको नितिकै कारण पछि परेको ध्यानकर्षण गराएकाथिए ।

Loading...