बाम गठबन्धनले बहुमत ल्याउने अोलीको दाबी

ताप्लेजुङ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन् । आज वाम गठबन्धन, ताप्लेजुङले सदरमुकाम फुङलिङमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले अबको स्थायी सरकार वाम गठबन्धनको हुनेमा ढुक्क हुन आग्रहसमेत गरे ।

अध्यक्ष ओलीले एमाले र नेकपा (माओवादी केन्द्र) बीच भएको चुनावी तालमेल पार्टी एकताको आधार भएको भन्दै उनले निर्वाचनपछि नै पार्टी एकताको घोषणा गरी समृद्ध राष्ट्र निर्माणमा नायक शक्ति बनेर अघि बढ्ने बताए ।

ओलीले अहिले दुवै पार्टीले फरक फरक चुनाव चिह्न लिएर लडेपनि एउटै उद्देश्यका साथ अघि बढेको बताए । पार्टी एकताको अभियान सँगै राष्ट्र निर्माणको महायज्ञमा आफूहरु पसेकाले अबको सरकार वाम गठबन्धनको हुनेमा ढुक्क हुन उनको आग्रह थियो ।

 

Loading...