अयोग्य ठहर गरिएका पार्इलटले उडाएको नेपाल एयरलाइन्सको विमान दुर्घटना

रूपन्देही । नेपाल एयरलाइन्सको विमान परीक्षण उडानका क्रममा सोमबार दिउँसो भैरहवा विमानस्थलमा दुर्घटनामा भएको छ ।

विमानभित्र रहेका पाइलटलाई भाग्यवस केही भएन । निगमले अयोग्य ठहर गर्दै बर्खास्त गरेका निपेन्द्र भट्टराईले विमान उडाँउदै थिए । काठमाडौंबाट आएको विमान भैरहवा विमानस्थलमा ल्याडिङ गर्ने क्रममा सामान्य दुर्घटनामा परेको हो । यस विमानका मुख्य चालक बरिष्ठ क्याप्टेन भट्टराई थिए । उनी उडानमा लापरबाही गरेको आरोपमा गत जेठमा बर्खास्तीमा परेका व्यक्ति हुन् ।

निगमले बर्खास्त गरेपछि भट्टराईले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । अदालतले भट्टराईको पक्षमा आदेश सुनाउँदै उनलाई पुनर्बहाली गरी काममा लगाउनू भन्ने आदेश सुनाएको थियो ।

उडानमा लापरवाही गरेको आरोपमा नियमले अयोग्य ठहर्‍याएका उनै भट्टराईले विमान ल्याण्डिङ गर्ने क्रममा विमानको सन्तुलन नमिलेर टायर फुटेको निगम स्रोतले बतायो ।

निगमले अयोग्य ठहर्‍याएको व्यक्तिलाई अदालतले काममा लगाउनू भनेका कारण निगमले बाध्य भएर भट्टराईलाई काममा लगाएका थियो । यद्यपि दुर्घटना के कारणले भएको हो भन्ने विषयमा छानविन गरिने भैरहवास्थित निगमका एक अधिकारीले बताए ।

Loading...