माअोवादीको भर छैठौँ लडार्इ लड्दै खनाल, भन्छन् म पनि ६८ वर्षे युवा हुँ

काठमाडौँ । युवालाई अवसर नदिएर किन आफैं उम्मेदवार बन्नुभयो ?’ यस्तो प्रश्न सुन्नेबित्तिकै एमाले वरिष्ठ नेता (पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री) झलनाथ खनाल मुस्काए । ‘म पनि त ६८ वर्षीय युवा हुँ,’ बुढ्यौली छोप्दै उनले ठट्यौली शैलीमा भने, ‘यो उमेरमा झन् सक्रिय हुन मन लाग्दोरहेछ ।’

खनालले फेरि उम्मेदवार बन्ने चाहना गरेपछि अन्य नेताले चुनाव लड्ने सपनै देखेनन् । उनी सर्वसम्मत उम्मेदवार भए । त्यसो त उनले युवालाई अघि बढाउन नचाहेका पनि होइनन् । जिल्लाका युवा नेताले नै आफैंलाई उठ्न जोड गरिदिएपछि के चाहियो ?

‘यस पटक युवालाई छाडौं भनेको, मान्दै मान्नुभएन, युवाले नै तपाईं उठ्नैपर्छ भन्नुभयो,’ खनालले छैटौं पटक प्रतिनिधिसभाका लागि टिकट लिँदाको अनुभव सुनाए । खनालले विगतमा जस्तो चुनौती यो निर्वाचनमा महसुस गरेका छैनन् । माओवादी साथ पाएकाले उनी आफ्नो जितप्रति ढुक्क देखिन्छन् जति पहिले जितेका चुनावमा पनि हुँदैनथे भन्दै इलामको समाचार कान्तिपुर दैनिकले समाचार लेखेको छ ।

कांग्रेसका पुराना कार्यकर्ता भूपेन्द्र कट्टेलसँग प्रतिस्पर्धामा उत्रिएका खनालको यो प्रतिनिधिसभाका लागि छैटौं प्रतिस्पर्धा हो । इलाम १ बाट प्रतिनिधिसभामा उम्मेदवार भएका खनालले कार्यकर्ताको आरोप र गुनासो उत्तिकै झेलिरहेका छन् । तिनै गुनासालाई कांग्रेसका उम्मेदवारले मुद्दा बनाएका छन् ।

कांग्रेस उम्मेदवार कट्टेलले करिब ३० वर्ष राजनीति गरेर पनि खनालले काम नगरेको आरोप लगाए । ‘उहाँ (खनाल) प्रधानमन्त्री भए पनि यो क्षेत्रमा खासै काम गर्नुभएको छ्रैन, त्यसकारण यो क्षेत्रमा नयाँ जनप्रतिनिधि आवश्यक परेको छ,’ उनले भने, ‘३० वर्षसम्म एउटै व्यक्ति उम्मेदवार हुनु निरंकुश शैली हो ।’

Loading...