‘लभ एट पच्चिस’ लिएर आउँदै अनल गौतम

साहित्य लेखनमा लामो समयदेखि कलम चलाइरहेका अनल गौतमको उपन्यास ‘लभ एट पच्चिस’ बजारमा आउने भएको छ ।

‘नेपाली उपन्यास लेखनमा पछिल्लो समय नौलो प्रयोग कम भएको छ,’ मैले यो उपन्यासमा २५ दिन भित्रको उनीहरुको प्रेम सम्बन्धलाई फरक तरिकाले प्रस्तुत गरेको छु । मैले यस उपन्यासमा नयाँ एक्सपेरिमेन्ट गरेको छु ।’ उपन्यास भित्र दुई यूवा यूवती बिचको अनौंठो प्रेम कहानीलाई उजागर गर्न खोजेको गौतमले बताए । 

जय कालि प्रकाशन प्रा.लि.बाट प्रकाशित उपन्यास कार्तिक अन्तिम सम्म सार्वजनिक हुनेछ ।

गौतमको यस अघि ‘शुभ प्रभात’ हाइकु संग्रह, ‘चिनारी’ कबिता संग्रह, ‘घाट घाटका कथा’ कथोपन्यास प्रकाशन भइसकेका छन् । यसका साथै सरसी गीति संग्रह पनि सबौजनिक भइसकेको छ ।

Loading...