परिवर्तनका पक्षधरलार्इ जनताले साथ दिन्छन् ः सिटौला

झापा । नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा प्रतिनिधि सभाका लागि झापा क्षेत्र नम्वर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले समुन्नतितर्फ लम्किने समाजले परिवर्तनका पक्षधरलाई साथ दिने विश्वास गर्दै यो निर्वाचनमा पुरातनवादीहरु पराजित हुने दावी गर्नुभएको छ ।

चुनावी अभियान अन्र्तगत बाह्रदशी गाउँपालिका ४ पुगेका सिटौलाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा एमाले र माओवादीले उम्मेद्वारी नदिएपछि परिवर्तनको पक्षधर नेपाली काँग्रेस मात्र मैदानमा रहेकाले परिवर्तनकारी झापाली मतदाताले अत्यधिक मतले नेपाली कांग्रेसलाई विजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार भगिरथ पोद्धारले लोकतन्त्रको लडाइमा निरन्तर पहरेदार भएर लागेको नेपाली काँग्रेस वर्तमानको आवश्यकता रहेको बताउनुभयो । उहाँले देशको विकास र जनताको मुहार फेर्न आफूले प्रदेश सभाको उम्मेदवारी दिएको बताउनुभयो ।

साविक चकचकी २ मा भएको अन्र्तक्रियामा स्थानीय स्तरमा समाधान हुन नसक्ने सडक, पुल, खानेपानी लगायतका पूर्वाधारको विकासका लागि आफूहरुले मरिमेटेर काम गर्ने प्रतिबद्धता दुवै उम्मेद्वारले व्यक्त गर्नुभएको थियो ।

 

Loading...