बाम एकताले जनता बैरी अत्तालिएः उपप्रधानमन्त्री महरा

तुलसीपुर । उप प्रधानमन्त्री कृष्ण बहादुर महराले वाम एकताले जनताका बैरीहरु अत्तालिएको बताए छन् । प्रतिनीधिसभा निर्वाचन क्षेत्र नं ३ स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई दाङको तुलसीपुरमा सम्बोन्धन गर्दै उनले जनतलाई सधै अधिकार नदिएर दास वनाउन चाहने प्रतिकृयावादीहरुले हार खाइसकेको बताए ।

‘प्रतिकृया वादीहरुको मनमा ढ्याङग्रो ठोकिएकोछ’, – महराले भने, ‘देशको उन्नती प्रगति देख्न नचाहने तर सधंै भरि उनिहरु सत्तामा बस्न चाहन्छन् ।’ वाम गठबन्धनलाई भत्काउन राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरु लागेको बताउँदै माओवादी केन्द्रका महासचिव समेत रहेका महराले वामपन्थीको सरकारलाई अव कसैले रोक्न नसक्ने दाबी गरे । अवको २० बर्षसम्म देश हाँक्ने जिम्मा आफुहरुलाई आएको भन्दै उनले आर्थिक वृद्धिदरलाई २ अंकमा पुर्याउने बताए ।

‘हामीलाई पछाडी हटाउन र फुटाउन देशिविदेशी शक्ति केन्द्रले पैसाको खोलो बगाएको छन्’ – महराले भने, ‘हामी कुनै पनि हालतमा पछाडि पर्दैनौ, बरु हाम्रा मनहरु विस्तारै बलिया हुँदै गएका छन् ।’ नेपाली कांग्रेस लगायतका केहि पार्टी अहिले पनि संविधन कार्यान्वयन गर्ने पक्षमा नभएको बताउँदै महराले उनिहरु देशमा अस्थिरता निम्त्याउनुका साथै सधंै सत्तामा बसेर सिंहदबारको अधिकार गाउँसम्म पुर्याउन नचाहेको बताए ।

त्यसैगरी सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले शेरबहादुर देउवा सत्तामा पुग्दा राष्ट्रले ठूलो दुःख पाउने गरेको बताएका छन् । माओवादी केन्द्र र एमालेका वाम गठबन्धनका कारण रिक्स जोनमा परेका देउवा सहितका काँग्रेसका शिर्ष नेताहरु अहिले छटपटीएको बताए ।

वाम गठबन्धनले सर्वसत्तावाद हावी हुन्छ भन्ने कांग्रेसको, विगतको सर्वसत्तावादले जनताले भोट हाल्न समेत नपाएको स्मरण गरे । कांग्रेसले बहुमतका बलमा देखाएको सर्वसत्ता वादका कारण माओवादीको जन्म हजारौजनाले अकालमा ज्यान गुमाएको पोखरेलले बताए ।

आफुहरुको मुख्य सत्रु गरिबी र पछौटे पन भएको उल्लेख गर्दै उनले सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना वाम गठबन्धनको भएको बताए ।

Loading...