म्यादी प्रहरीको आधारभूत तालिम सम्पन्न

चितवन । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय चितवनदारा प्रदान गरिएको म्यादी प्रहरीहरुलाई निर्वाचन सुरक्षा सम्बन्धी १२ दिने आधारभूत तालिम शुक्रबार समापन भएको छ । निर्बाचनको शान्ति सुरक्षालाई मध्यनजर गर्दे म्यादी प्रंहरी भर्ना छनौट र तालिम दिईएको थियो ।

शुक्रबार तालिमको समापन गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दिपक थापाले म्यादी प्रहरीहरुलाई गर्नुपर्ने कार्य र जिम्मेवारीको बारेमा जानकारी गराउनु भएको थियो । उहाले म्यादी प्रहरीलाई कर्तब्यष्ठि भएर आफनो जिम्मेवारी पुरा गर्न निदेृशन दिनुभएको छ ।

त्यस्तै म्यादी प्रहरीहरुलाई निर्वाचन सुरक्षा सम्बन्धी १२ दिने आधारभूत तालिम समापन कार्यक्रम बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटले निर्वाचन कत्र्यव्य निष्पक्ष, शािन्तपूर्ण, भयरहित र सुरक्षित बनाउन म्यादी प्रहरी तथा सुरक्षा निकायको महत्वपुर्ण भुमिका रहने बताउनुभयो ।

जनता तथा आममानिस सुरक्षीत महसुस गरि मतदान गर्न पाएमा मात्र निर्बाचन सफल हुने र त्यो कार्य सुरक्षा निकायकोरहको बताउदै उहाले म्यादी प्रहरीको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । सुरक्षामा खटिएका म्यादी प्रहरीहरुको कत्र्यव्य निष्पक्ष, शािन्तपूर्ण, भयरहित र सुरक्षित निर्वाचन सम्पन्न गर्नु रहेको बताउनु भयो । जिल्लामा १७ सय १० म्यादी प्रहरी रहेका छन ।

Loading...