गोर्खाज फाइनान्स नारायणगढ आफ्नै भवनमा

चितवन । गोर्खाज फाइनान्स लिमिटेड नारायणगढको शुक्रबार भवन उदघाटन गरिएको छ । भरतपुर महानगरपालिकाका उप मेयर पार्बती शाहले भवनको उद्घाटन गर्नु भएको हो । गोर्खाज फाइनान्स बाइस बर्ष पुगि तेइस बर्षमा प्रबेश गरेको अवसरमा शाखाको उदघाटन गरिएको फाइनान्सका अध्यक्ष महेन्द्रलाल राईले बताउनु भयो ।

हालसम्म उन्नाइस वटा शाखा रहेकामा यहि मंसिर भित्रमा पच्चिसवटा शाखा पुर्याइने राईले जानकारी दिनुभयो ।भरतपुर उकालोमा रहेको फाइनान्सले गा्रहकको सुबिधाको लागी ए टि एम लगाएत बिदेशबाट पैसा पठाउन आइएमइ लगाएतको सेवा प्रदान गर्दै आएको प्रबन्धक बिनोद सुनुवारले बताउनु भयो ।बार्षिक उत्सबको अवसरमा मानविय सेवा अन्तर्गत मञ्जुश्री असहाय संरक्षण केन्द्रलाइ पच्चिस हजार रुपैया सहयोग गरिएको सुनुवारले बताउनु भयो ।भवन उद्घाटनकै अवसर पारेर रक्तदान कार्यक्रम पनि आयोजना गरिएको उहाले बताउनु भयो । कार्यक्रममा तीस जना भन्दा बढिले रक्तदान गर्नुभएको छ।

Loading...