सरकार नै निर्वाचन विथोल्न लागि परेको प्रचण्डको आरोप

चितवन । सरकार नै निर्वाचन वोथोल्न लागिपरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाउनुभएको छ । चितवनको भरतपुरमा आयोजित पेशागत कर्मचारी संगठनको कार्यक्रममा सम्वोधन गर्दै उहांले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले सरकारका मन्त्रीले नै हतियार सहित गिरफ्तार भएका भएको आरोपमा पक्राउ परेकालाई छाड्न निर्देशन दिनु र वक्तव्यबाजी गर्नु नै चुनाव विरोधी गतिविधीमा आफै लागेको स्पष्ट भएको वताउनुभयो । चितवन क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार समेत रहेका प्रचण्डले चुनावी प्रचारमा खटिएका माओवादी नेताहरुलाई लक्षित गरी वम विष्फोट गराउने र सवारी साधनमै आक्रमण गर्ने काम सरकारकै संरक्षणमै भइरहेको दावी गर्नुभयो ।

स्थायी सरकार भएमात्रै राज्य समाजबाद तर्फ उन्मुख हुने र जनताका्े चाहना बिकास र समृद्धि रहेको बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले बामपन्थीको सरकारले सुकुम्वासीको दिर्घकालिन समस्या समाधान गर्ने वताउनु भएको छ । अर्को एक प्रसंगमा उहाले बाम गठबन्धनले काग्रसलाई फाईदा पु¥याएको बताउनुभयो । बाम एकता संगै नेपाली काग्रेस पनि लोकतान्त्रिक एकता गरेको बताउदै बाम एकताले नै नेपाली काग्रेसलाई फाईदा भएको उल्लेख गर्नुभयो साथै उहाले स्थिरिता स्थायित्व र बिकास बाम गठबन्धनको सरकारले गर्ने हुदा बाम एकतामा कसैले टाउको दुखाउनुनपर्ने बताउनुभयो ।

शनिबार भरतपुर महानगरको सुन्दरबस्ती, भिमसेननगर लगाएतका ठाँउका सुकुम्वासीहरुलाई शिवनगरमा सम्वोधन गर्दै प्रचण्डले सुकुम्वासी समस्याको समाधनका लागी बाम सरकारको पहिलो क्याबिनेट बैठकबाट दिर्घकालिन रुपमा ठोस निर्णय गरिने वताउनु भयो । त्यसका लागी आफु र बाम गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन उहांले आग्रह गर्नुभयो ।

Loading...