लोतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन महिला संघको निर्देशन

चितवन । नेपाल महिला संघले यहि मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रीक गठबन्धनलाई बिजयी गराउनका लागि महिलाहरुलाई निर्देशन दिएको छ । महिला संघ चितवनले शनिबार भरतपुरमा आयोजना गरेको चुनाबि प्रचार प्रसार अभियानका क्रममा संघकि केन्द्रिय अध्यक्ष उमा रेग्मिले संघका कृयाशिल महिलाहरुलाई यस्तो निर्देशन दिनु भएको हो ।

लोकतान्त्रीक गठबन्धनले मात्रै संबिधानको रक्षा गर्न सक्ने भन्दै उहाँले चुलो चौकोमा रहेका महिलाहरुलाई यस गठबन्धका बिषयमा जानकारी गराउँदै बिजयी गराउन आबश्यक रहेको बताउनु भयो । महिलाको कृयाशिलताले मात्रै हरे आन्दोलन सफल भएको बताउँदै उहाँले महिलाकै अग्रसरतामा लोकतान्त्रीक गठबन्धनको जित सुनिश्चित हुने बताउनु भयो ।

अहिलेको निर्वाचनमा लोकतान्त्रीक शक्ति पराजित भए देशमा स्थापित गर्न खोजिएको साम्यबादका कारण संबिधान र लोकतन्त्रको रक्षा गर्न नसकिने रेग्मिले बताउनु भयो ।

माओवादीले भरतपुर महानगरपालिकामा विजयी भए पछि दिएको धोका जस्तो नेपाली काग्रेसलाई आफुले धोका नदिने चितवन क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्यका उमेरद्धार विक्रम पाण्डेले बताउनु भएको छ । नेपाल महिला संध चितवन ले गरेको चुनाव प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकारका वन मन्त्री पाण्डेले आफु केही कुराको धनि छु भने त्यो ईमान्दारिता रहेको बताउदै आगामी दिनमा नेपाली जनता र चितवनवासीलाई आफुले बोलेको कुरा पुरा गरेर देखाउने बताउनु भयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पाण्डेलेआफुले सधै महिलाको शक्तीको सम्मान गर्ने भन्दै महिला शक्तिलाई यो चुनावी अभियानमा काली माताको रुप लिन आग्रह गर्नु भयो ।

भरतपुरमा भएको चुनावी कार्यक्रममा चितवन क्षत्र नम्वर २का नेपाली काग्रेसका उमेरद्धार शेषनाथ अधिकारी, प्रदेश तर्फका उमेरद्धारहरु जित नारायण श्रेष्ठ, दिनेश कोईराला, साजन महत्तो लगायतले लोकतान्त्रीक गठबन्धनलाई विजयी गराउन उपस्थित महिलाहरुलाई आग्रह गर्नु भएको थियो । कार्यक्रममा राप्रपा प्रजातान्त्रीकका महामन्त्री धुव्र बहादुर प्रधानले चितवन सहित १ सय ६१ स्थानमा नेपाली काग्रेसलाई सहयोग गर्दै ४ स्थानमा राप्रपा प्रजातान्त्रीकलाई जिताउन र चितवन ३ मा मन्त्री पाण्डेलाई विजयी गराउन चितवन तिनका मतदातालाई आग्रह गर्नु भएको थियो ।

नेपाल महिला संधकी केन्द्रिय अध्यक्ष उमा रेग्मीको प्रमुख आतिथ्थतता रहेको कार्यक्रम नेपाल महिला संध चितवनकी अध्यक्ष पार्वती शाहको सभापतित्वमा सम्पन्न भएको थियो ।

Loading...