२१२ जनाको निःशूल्क स्वास्थ्य परीक्षण

चितवन । हंस बहुउद्देश्यीय सहकारी संस्था लि. विजयनगर सेवा केन्द्रले पाचौ वर्षमा प्रवेश गरेको अवसरमा एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । हंस बहुउदेश्यीय सहकारी संस्था लि. र श्री पुष्पाञ्जली हस्पिटल प्रा. लि. को सम्युक्त आयोजना गरिएको सो स्वास्थ्य शिवीरमा २ सय १२ जनाको निःशुल्क स्वास्थ्य प्ररिक्षण गरिएको संस्थाका अध्यक्ष दिनेश चुकेले जानकारी दिनुभएको छ ।

मधुमेह दिवसको पुर्बसन्ध्या तथा त्यहा रहेका जनमानीसलाई सेवा पु¥याउने उद्धेश्यले सो शिवीरको आयोजना गरिएको चुकेको भनाई रहेको छ । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष चतुरमान गुरुङ प्रमुख आतिथ्यता रहेको थियो । डा. भोजराज अधिकारी, चितवन जिल्ला क्षेत्र नं ४ का पूर्व सभासद राम कृष्ण घिमिरे,मधुमेह समाजका महेन्द्र सिग्देल, मधुमेह भोलुन्टर समाजका अध्यक्ष धर्मराज पौडेल, विजयनगर नारायणचोक बजार व्यावसायी समितिका अध्यक्ष कुवेर पाख्रिन लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पुष्पाञ्जली हस्पिटलका वरिष्ट फिजिसियन डा. भोजराज अधिकारी, डा. सन्दीप पाण्डे, डा. तिलक सापकोटा, डा. दिपेश कार्की लगायत १४ जना प्राविधिकहरुको टोलीले स्वाथ्य परिक्षण तथा निःशुल्क औषधी वितरण गरेका थियो । उक्त कार्यक्रमा विजयनगर सेवाकेन्द्रका संयोजक धु्रव कुमार ओझाले स्वागत मन्तव्य राख्नु भएको थिया भने संस्थाका प्रबन्धक श्यामबन्धु पोखे्रलले कार्यक्रम संचालन गर्नु भएको थियो । सो स्वास्थ्य शिवीर हंस बहुउदेश्यीय सहकारी संस्था लि. का अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा भएको थियो ।

Loading...