आर्थिक समृद्धिकालागि वाम गठबन्धन ः नेता खनाल

इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देशमा आर्थिक समृद्धिका लागि वाम गठबन्धनको विकल्प नरहेको बताएका छन् ।

माई नगरपालिका–९ स्थित चिसापानीमा आज आयोजित चुनावी सभामा नेता खनालले देशको समृद्धि र संविधान कार्यान्वयनका लागि वाम गठबन्धनको विकल्पसमेत नरहेको विचार व्यक्त गरे । “लोकतन्त्र र संविधान कार्यान्वयनका लागि वाम गठबन्धनको विकल्प छैन”, उनले भने, “कम्युनिष्ट पार्टीले मात्र देशको रक्षा गर्छन् ।”

वामपन्थीले निर्वाचनपछि देश चलाउँदैछन् भन्ने देशी विदेशी शक्तिहरूले थाहा पाएपछि उनीहरू थप चिन्तित बनेको उनकाे भनार्इ थियो ।

Loading...