र्इरान र र्इराकमा भूकम्पः १२९ भन्दा बढीको मृत्यु

काठमाडौँ । इरानमा गएको शक्तिशाली भूकम्पमा एक सय जना भन्दा बढीको मृत्यु भएको छ । इरानको पश्चिम क्षेत्र केरमनसा प्रान्तमा मात्र कम्तिमा १२९ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएको छन् ।

भूकम्पको असर इराकमा समेत परेको छ । त्यहाँ चार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबरहरु आएको बताएका छन्।

थुप्रै गाउँ र शहररुमा विजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा पनि अवरुद्ध भएको छ। बाटो अबरुद्ध भएका कारण केही उद्धार टोलीहरु क्षतिग्रस्त क्षेत्रसम्म पुग्न सकेका छैनन्।

भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किएका थिए। सामाजिक सञ्जालमा राखिएका तस्वीरहरुमा कुवेतमा मानिसहरु बाहिर सडकमा भेला भएको र परकम्प आउन सक्ने डरले आफ्नो घरमा फर्किन डराएको देखिन्छ।

७.३ म्याग्निच्युड मापन गरिएको भूकम्पको केन्द्रविन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ।

Loading...