सिन्धुलीगढी घुमेर हेर्दा…..

- एलिना कार्की

अंग्रेज फौजलाई हराई वीरता कायम गरेको २५० औँ वर्षगाँठको अवसरमा सिन्धुलिगढीमा आयोजित विजय उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । समृद्ध सिन्धुली अभियानद्वारा संयोजन गरिएको राईड टु सिन्धुलीगढी कार्यक्रमलाई पत्रकार महासंघ सिन्धुली ,फास्टफुड एसोशियसन नेपाल,सगुन डट कम लगायत धेरै संस्थाहरुको प्रायोजन रहेको थियो । १५० भन्दा बढी साईकल यात्रीहरु विश्व साईकलयात्री पुष्कर शाहको नेतृत्वमा सिन्धुलिगढी यात्राको लागी तम्तयार थिए ।

कार्तिक २३ गते तीनकुनेमा रहेको रोयल ए वान ब्यान्केवटबाट उपराष्ट्रपतिको उद्घाट्न पछि साईकल यात्रा अगाडि बढेको थियो । साईकल यात्रामा विदेशिहरु पनि सहभागी थिए, एकजना नेपाली भाषामा भन्दा नाबालक देखिने विदेशी व्यक्तिलाई साईकल यात्रामा सिन्धुलीगढी पुगेपश्चात मैले सोधे हाउ यु फिल ? उसले उत्तर दियो ग्रेट मलाई उसको उत्तर र काठमाडौदेखि सिन्धुलीगढीको सम्मको उसको यात्राको सहज अनुभुतिले उसको शाहस पनि ग्रेट लाग्यो । मनमनै सोचे साच्चिँकै हो यिनीहरुमा कति कन्फिडेन्ट छ अरुको देशमा आएर यतिको शाहसिक यात्रा अनि उसको शाहसले मन छोयो ।

सुन्दर जिल्ला सिन्धुली यात्राको क्रममा स्र्वगको एक टुक्राजस्तै अनुभूति हुन्थ्यो, विभिन्न मिडियाका अग्रजहरुसँग गरिएको उक्त यात्राको क्रममा बाटोमा पर्ने विभिन्न स्थानमा दर्र्शाएको कार्यक्रमप्रतिको सहानुभुती, न्यानो स्वागत स्मरणयोग्य छ । सिन्धुलीगढी विजय उत्सव यात्राको क्रममा पहिलो दिन हामीले खुरकोटलाई गन्तव्यस्थल बनायौँ । खुरकोटबाट यात्राको दोस्रो दिन अर्थात कार्तिक २४ गते उकालो हुँदै खनियाखर्क पुगियो। खनियाखर्क प्रकृतिको अनुपम उपहार देखिन्थ्यो स्थानीयबासीको जुनारको जुसको स्वागतसँगै यात्रालाई थप संगीतमय बनाउने काम भयो ।

पत्रकारहरु महत्वपुर्ण इसिडेन्टलाई कोही क्यामेरामा त कोही प्रत्यक्ष प्रसारणमा गर्नमा व्यस्त थिए । खनियाखर्कबाट केहीमाथि पुगेपछि सिन्धुलीगढी पुगियो । कमलामाई नगरपालिका सिन्धुलिले आयोजना गरेको गढीको कार्यक्रममा राष्ट्रपती विधादेवी भण्डारीले सम्बोधन गर्नै कार्यक्रम थियो । कार्यक्रमस्थल स्थानीयवासी नेपाली सेनाका उच्च कर्मचारी, नेपाल सरकारका प्रतिनिधी पत्रकार तथा भद्रभलादमी स्थानीयवासीले लगायतले भरिभराउ थियो । कार्यक्रम मण्डपलाई आकषर््ाक तरिकाले सजाईको थियो । कार्यक्रको सुरुवातीसँगै वीर गोर्खाली हाम्रा पुर्खा सिन्धुलीवासीले लडेको लडाईलाई स्मरण गराउने नाटक प्रस्तुतिपछि समृद्ध सिन्धुली अभियानअन्र्तगत पुगेका साईकलयात्रीको स्वागत स्थान्ीय परिवेश चित्रण गर्नै नृत्य, राष्ट्रपती विधादेवी भण्डारीको स्वागत सम्बोधन कार्यक्रम सँगसँगै आयोजक र अतिथीलाई मायाको चिनो प्रदान गर्नै कार्यक्रम थियो ।

कार्यक्रममा राष्ट्रपती भण्डारीले झण्डोतोलनसँगै नेपाललाई विश्वमा चिनाउने सिन्धुली गढी भएकाले संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्नै बताउनुभयो । आवश्यक पुर्वाधार विकाशमा सहयोग गर्दै सिन्धुली जिल्लालाई पर्यटकीय स्थलको रुपमा अगाडि बढाउन सकिने उल्लेख गर्नुभयो । कृषिमा व्यवसायीकरण गरी सिन्धुलीवासीको आयस्तर बढाउन सहयोग गर्नै भन्दै आगामी निर्वाचनमा सबैको उत्साहजनक सहभागिता सहयोगको अपेक्षा रहेको पनि उल्लेख गर्नुभयो ।

गढीको कार्यक्रम समाप्तीपछि गढीको फेदीमा अवस्थित मनमोहक देखिने सिन्धुलीमाढीस्थित प्रगतिशिल प्रतिभा केन्द्रको काखमा पुग्यौँ ।कार्यक्रम्स्थल बेहुलीझै सिँगारिएको थियो ।सभामण्डपको भितामा झुन्ड्याईएको मकैका झुता, मादल, सारङगी, फुल, बिछ्याईएको गुन्द्रीले नेपालीको मौलीकपन झल्किएको थियो । उधोग वाणिज्य संघद्वारा आयोजित माढीको कार्यक्रममा समृद्ध सिन्धुली अभियानको संयोजनमा साईकलयात्रीलाई स्वागत तथा, सम्मानित व्यक्तित्वहरुलाई प्रमाणपत्र वितरण साथै स्थानीय प्रतिभा प्रर्दशनजस्ता कार्यक्रम सम्पन्न भए ।

हामी उक्त दिन माढीकै होटल भ्याली भ्युमा रमाईलोसँग बस्यौँ । भोलीपल्ट पनि स्थानीयवासीकोे न्यानो स्वागत ग्रहण गर्दै विभीन्न परिस्थितीको अवलोकन गर्दै बितायौँ, ततपश्चात पुनः काठमाडौँ पर्किने यात्रा तय गरेर माढीको उकालो लाग्यौँ । स्मरणीय माढीमा हामीले धेरै कुरासँग साक्षत्कार गर्नै मौका पायौँ । जुनारको लागि प्रसिद्ध सिन्धुलीे अम्रिसो अलैची लगायतका विभिन्न कृषी व्यवसायबाट अगाडि बढन सक्ने सम्भावना बोकेकोले उचित व्यस्थापन पनि गर्नुपर्नै महसुस भयो । गढीमा रहेको भग्नावशेष प्राचीन सिन्धुलीगढी दरबारले नेपालको इतिहासतिर फर्काईदिन्थ्यो, पाकृतिक सौन्र्दयले मन लोभ्याउने अनि विर गोर्खालीले विजय प्राप्त गरेको ठाउँ सिन्धुलीगढी डाँडाँ पुग्दा नेपाली हुनुमा गौरवको अनुभुति हुन्थ्यो ।

सम्पुर्ण पक्षबाट सिन्धुलीगढी सुसज्जित अनि महत्व बोकेको स्थल थियो । काठमाडौँ फर्किने क्रममा सबै पत्रकारहरुले थुप्रै पक्षलाई नियालेर समस्या प्रवद्र्धन गर्न सघाउ पुग्ने गरी बिषयबस्तु लिएर फर्किनुभयो । बाटोमा पुन एकआपसमा सांगितीक माहेलमा रमाउँदै सिन्धुलीगढीलाई मनमा सुरक्षित गरी काठमाडौँ आईपुग्यौँ ।

Loading...