प्रधानमन्त्रीकै गाँउमा छैन विजुली बत्ती र सञ्चार सेवा

डढेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मथलो हो जिल्लाको गन्यापधुरा गाउँपालिका । देउवा यही क्षेत्रबाट निर्वाचित हुँदै चार पटक प्रधानमन्त्री सम्म भए । तर उनकै यस क्षेत्रमा भने विजुलवत्ती छैन् ।

यस गाउँपालिकाको ८० प्रतिशत भुभागमा टेलिफोन सेवा समेत उपलब्ध छैन् । विजुली पुग्ने कहिले हो कहिले केहि थाहा छैन । वडा नं २का लोकन्द्र कार्कीले लार्इ उदृत गर्दै रातोपाटीले अगाडि लेखेको छ, ‘टेलिफोन छैन । संसार आधुनिकताको चरम चुलिमा छ हामी भने अन्धकारमा बस्न बाध्य छौ । संचारको दुनियाबाट टाढा छौ ।’

सुदुरपश्चिमको विकास नै देउवाले गरेको भन्नेहरुको कमि नभएको समयमा उनकै गाउँपालिका मान्छेहरु भने अहिलेपनि उज्यालो र संचारको क्षेत्रबाट बन्चित रहनु परेको छ ।

वडा नं ३का भवानी ठगुन्ना भन्छन् ‘देउवा यो देशको ४ पटक प्रधानमन्त्री हुँदा पनि हाम्रालागि अहिले सम्म विजुली र टेलिफोन आएन भने कसरी विकास प्रेमी मान्नु हामी ।’

देउवाले बहुदलदेखि अहिले सम्म डडेलधुराबाट चुनाव जित्दै आएका छन् । यो पटक भने वामगठबन्धनको भोट उनको भन्दा ९ हजारले बढी छ । त्यसैले उनको चुनावी नतिजा कस्तो आउने हो अहिले नै भन्न नसकिने अवस्था रहेपनि रोचक प्रतिस्पर्धा हुने भने पक्का छ ।

Loading...