चुनाव पछि मात्र पार्टी एकता, विचार मिल्ने पार्टीसँग एकता गर्न देउवालार्इ प्रचण्डको सुझाब

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको बताएका छन् ।
चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहनुभएका अध्यक्ष दाहालले आज यहाँ पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिए ।

अार्इतबार एक राष्ट्रिय दैनिकमा मंसिर ९ गते पार्टी एकता हुने भन्दै समाचार प्रकाशित भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । यसअघि केपी शर्मा अोलीले पनि निर्वाचन पछिमात्र चुनाव हुने बताएका थिए । उनले विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको समेत बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले काँग्रेसलाई पनि विचार मिल्नेसँग एकता गर्न सुझाव दिए । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका दाहालले आफ्नो प्रतिस्पर्धी जिल्लामा कोही नरहेको दाबी गरे । चितवनका जनताले यहाँको विकासका लागि आफूलाई चाहेको उनको भनाइ थियो । उनले चनावी प्रचारका क्रममा अाफूले छिट्टै चितवनको विकासको खाका प्रस्तुत गर्ने बताए ।

Loading...