चितवनमा नमुना मतदान सम्पन्न

चितवन । प्रतिनिधि सभा तथा प्रदेश सभा नजिकिंदै गर्दा चितवनका पत्रकारहरुले आज नमुना मतदान गरेका छन् । निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचन पछि मतगणना सम्म हुने प्रक्रियाको नमुना अभ्यास गरीएको हो ।

जिल्ला निर्वाचन कार्यालय चितवनको सहयोगमा नेपाल पत्रकार महासंघ चितवनले संयोजन गरेको कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुले सहभागिता जनाए । स्थानिय तह निर्वाचनका समयमा एक मात्र मतपत्र प्रयोग भएपनि हाल प्रतिनिधि सभा तथा प्रदेश सभामा प्रत्यक्ष र समानुपातीक तर्फका उमेदवार चयन गर्न फरक फरक मतपत्र भएकाले मतदाता दुविधामा नपरुन् भन्दै नमुना अभ्यास गरीएको नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले बताए ।

उमेदवारहरुको चुनाव चिन्हमा सही तरिकाले स्वस्तिक छाप लगाउने विधिबारे पत्रकार स्वयमले बुझ्न र अन्य सर्वसाधारण सम्म पु¥याउन नमुना अभ्यास प्रभावकारी हुने विश्वास लिएको उनले बताए ।आजबाट मतदाता शिक्षाका लागि कर्मचारी समेत खटाएको निर्वाचन कार्यालयले पत्रकारहरु पनि यस प्रक्रियाबारे पूर्ण जानकार भए मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुने निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले बताए ।

चुनावी प्रक्रियामा धयान दिनुपर्ने सुक्ष्म विषय र मतगणनाकार्य पुरा नहुंदा सम्म अपनाउनुपर्ने सजगताका बारेमा थप प्रष्ट्याएको नमुना अभ्यासमा सहभागि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण गिरीले बताए ।

Loading...