पदमको समय आँउछ पर्खँदैन

नारायणगढ । चितवनका स्थानीय गायक पदम थापामगर नयाँ गीत लिएर दर्शक स्रोतासानु उपस्थित भएका छन् । आधा दर्जनभन्दा बढी गीत गाइसकेका रत्ननगर निवासी मगरले दुईदिनअघि मात्रै‘ समय आउँछ पर्खँदैन’ बोलको नयाँ गीत सार्वजनिक गरेका हुन् ।

मनोज महताको शब्द संगीत तथा सुमन केसीको एरेञ्जमा तयार भएको गीतमा नवीन गुरूङ र नायिका शिल्पा पोखरेलले अभिनय गरेका छन् । पासाङ योञ्जन लामाको निर्देशनमा काठमार्डौँका विभिन्न स्थानहरूमा छायाँकन गरिएको उक्त म्युजिक भिडियो युट्युवमा पनि अपलोड भइसकेको छ ।

गायक मगरले छोटो समयमै राम्रो प्रतिकृया पाएको दावी गरे । यसअघिका गीतहरूले भन्दा ‘समय आउँछ, पर्खँदैन’ले आफूलाई चिनाउने विश्वास व्यक्त गरे । चितवनको भूमिबाट नेपाली गीतसंगीत क्षेत्रमा संघर्ष गरिरहेको भन्दै राष्ट्रिय स्तरमा स्थापित हुनका लागि अझ बढी संघर्ष गर्नुपर्ने धारणा राखे । गीतमा नायिका शिल्पा पोखरेलसँगै चितवन भीमनगरका नवीन गुरूङको अभिनय निकै रूचाइएको गायक थापाले बताए । त्यसो त मोडलको रूपमा नवीन गुरूले पहिलोपटक म्युजिक भिडियोमा काम गरेका हुन् ।

Loading...