हुण्डाई द नेक्स्ट जेन भर्ना सार्वजनिक

चितवन । हुण्डाइ गाडीको नयां संकरण द नेक्स्ट जेन भर्ना चितवनमा सार्वजनिक गरिएको छ । चितवनका लागि हुण्डाइको आधिकरिक विक्रेता पिनाकल ट्रेडिङले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर गाडी सार्वजनिक गरेको हो ।

पिनाकल ट्रेडिङ चितवनका प्रवन्ध निर्देशक इश्वर कुमार श्रेष्ठ र पत्रकार महासंघ चितवनका सल्लाहकार सुर्य प्रकाश कंडेलले संयुक्त रुपमा गाडी सार्वजनिक गरेका थिए । गाडीमा आकर्षक बनौट र अत्याधुनिक विशेषता तथा सुविधा सम्पन्न भएको कम्पनीले दाबी गरेको छ । कम्पनीले यसको डिजाइन, प्रोफोमेन्स, फिचर्समा कुनै सम्झौता नगरेको जनाएको छ । यो गाडीलाई बलियो बनाउनको लागि उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको र उक्त स्टिल हुण्डाइको आफ्नै प्लान्टमा तयार पारिएको पिनाकल टे«डिङका प्रवन्ध निर्देशक इश्वर कुमार श्रेष्ठले जानकारी दिए । भर्नाले २०१२ देखिनै नेपालीहरुको मन जितेको हुनाले यो पनि नेपालमा उत्तिकै लोकप्रिय हुने श्रेष्ठले वताए ।

कारको मूल्य इएक्स को ४२ लाख ९६ हजार, एसएक्सको ४४ लाख ९६ हजार, इएक्स अटोमेटिकको ४६ लाख ९६ हजार तोकिएको छ । ६ वटा रङहरुमा कार उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । पिनाकलले १३ मोडलका गाडी विक्री वितरण गर्दै आएको छ । २५ देखी ५५ लाख मुल्यका गाडी चितवनको वजारमा बढी विक्री वितरण हुने गरेको छ ।

हुण्डाईका सम्पुर्ण गाडीको खरिदमा ३ वर्षको वारेन्टी, ४ बर्ष निशुल्क सर्भि्िसङ पाहिने छ । यो सँगै कम्पनीले १ आर्थिक वर्षको सवारी कर चुक्ता समेत गरिदिने छ ।

Loading...