विरोधीले मेरो विरुद्ध फेसवुक प्रयोग गर्दै छन्ः मन्त्री पाण्डे

चितवन । चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार तथा बनमन्त्रि विक्रम पाण्डेले विपक्षिले ‘फेसबुक’ मार्फत अनावश्यक भ्रम फैलाएको आरोप लगाएका छन् । भरतपुर–२२ पटिहानीमा लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी प्रसार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै भने, “मैले निकुञ्जहुँदै माडी जाने बाटोका रुख हटाएँ, शुल्क मिनाहा गरेँ, ति सबै काम मैले गरेको भनेर फेसबुकमा राखेका छन् ।”

उनले सामाजिक सञ्जालमा आँफुले साविक निर्वाचन क्षेत्रमा गरेका विकासका कामलाई समेत आँफैले गरेको भन्दै अनावश्यक प्रचार गरेर जनता झुक्याउन उद्धत भएको बताए । “नारायणी, राप्ती नदी किनारलाई मैले पर्यटन मार्ग बनाउँछु भनेर प्रतिवद्धता जनाउँदै हिँडको समेत उल्लेख गर्नुभयो । उनले लोकतान्त्रिक गठबन्धनले चितवन ३ विकासका लागि ल्याएका नयाँ योजनालाई समेटेर विपक्षि उम्मेद्वारले मेरो प्रतिवद्धता हो भन्दै फेसबुकमा सार्वजनिक गरेको देखेँ, आफुलाई सारै अप्ठ्यारो परेको बताउनुभयो ।”

उनले साविक निर्वाचन क्षेत्रमा आँफ्नै पहलमा सम्पन्न भैसकेका कतिपय योजनालाई विपक्षि गठबन्धनले हामीले गर्नेछौँ भन्दै प्रतिवद्धतापत्र तयार गरेको पाएको बताए । वन तथा भूसंरक्षण मन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विक्रम पाण्डेले एमाले नेता देवी ज्ञवाली अपरहणमा परेजस्तो अनुभूति भएको बताए ।

“हँसिलो अनुहार, मिठो भाषण गर्ने ज्ञवाली अहिले जेजे बोल भन्यो त्यही बोलेर हिँडेजस्तो लाग्न थालेको बताउनुभएको छ । उनले विगतमा ज्ञवालीको संगतको सम्झना कार्यकर्तालाई सुनाए । “सारै दुःख प¥यो, जसरीपनि पैसा खोजेर दिउँ भन्न लगाउहुन्थ्यो”, उनले भने, “अहिले उनीहरुकै पक्षमा भाषण गर्दै हिँडेको देखेको छु । सोमबार मन्त्री पाण्डेले भरतपुर–८ गौरीगञ्ज, भरतपुर–१७ मा चुनावी प्रचार प्रसार कार्यालयको उद्घाटन गरे । उनले विपक्षि गठबन्धनले फैलाएका भ्रम चिर्न सम्पर्क कार्यालयले शशक्त भूमिका खेल्नुपर्नेमा जोड दिए ।

Loading...