विकास हेरेर मतदाताले भोट दिन्छन ः शाह

रुपन्देही । नेपाली कांग्रेस क्षेत्र नम्बर ५ ले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको छ ।
चुनावी प्रचार प्रसारलाई अझै तिव्रता दिनको लागि कांग्रेले सोमवार क्षेन ५ को ( ख ) गैडहवा गाउपालिका वडा नं. १ मा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरेका छ । नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेद्वार भरत कुमार शाहले चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै यस क्षेत्रमा नेपाली कांग्रेसको जितलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ ।

यस क्षेत्रमा आफुले गरेका विकास निर्माणका काम देखेर नै आफुलाई मतदाताले भोट दिने उँहाले ठोकुवा गर्नु भयो । पुर्व सांसद तथा अर्थ राज्य मन्त्री समेत रहनु भएका शाहले विकास निर्माणको अधुरा कामहरु अब पुरा गर्ने भएकाले आफुले उम्मेद्वारी दिएको बताउनु भयो ।

त्यस्तै नेपाली कांग्रेस क्षेत्र नम्बर ५ (ख) का प्रदेश सभाका उम्मेद्वार फखिरउद्धिुन खाँले यस क्षेत्रलाई समग्र लुम्बिनी सँग जोडर गुरुयोजना बनाउने आफु सँग भिजन भएकाले आफुले उम्म्दवारी दिएको बताउनु भएको छ ।

साविक साँडी गाविसका बुथ सभापति राज कुमार शिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का सभापति ओसी उल्लाहा मुसलमानले मद्येशको समस्या नेपाली काँग्रेसले सामाधान गर्न सक्ने भएकाले रुख चिन्हमा भोट दिन आग्रह गर्नु भएको छ । उक्त कार्यक्रममा नेकपा एमाले , नेकपा माओबादी केन्द परित्याग गरि २० जना नेपाली कांग्रेसमा प्रवेश गरेको पार्टीले जनाएको छ । यस्तै आज नै लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ४ मा अगुवा कार्यक्रता भेटघाटमा समेत उम्मेद्वार भरत कुमार शाह ब्यस्त रहनु भएको थियो ।

 

Loading...