पार्टी अनुसासन विपरित जानलेलाई कारवाही गर्ने चेतावनी

चितवन । नेपाली काँग्रेस क्षेत्र नम्बर २ चितवनको पार्टी अनुशासन उपसमितिले पार्टीको निर्णय बिरुद्ध जाने व्यक्तिलाई कारवाही गर्ने निर्णय गरेको छ । अनुशासन उपसमिति क्षेत्र नम्बर २ चितवनका संयोजक टंकनाथ पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैढकले सो निर्णय गरेको हो । नेपाली काँग्रेसको आर्दश, मुल्य मान्यता अनुरुप आगामी मंसिर २१ प्रदेश सभा र प्रतिनिधि सभाको निर्बाचनमा नेपाली कागे्रसका उम्मेद्धवारहरुलाई विजयी बनाउन कार्यकर्ताको सहयोग आवश्यक रहेको बताउँदै अनुशासन उपसमिति क्षेत्र नम्बर २ चितवनका संयोजक पौडेलले सहयोग भएको र नभएको बिषयमा जानकारी गराउन माग गर्ने निर्णय गरेको उल्लेख गर्नुभयो ।

उहाँले सम्पुर्ण वडाका वडा सभापति तथा ईच्छाकामना गाउपालिकाको समिति संग जानकारी माग गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ । अनुशासन उपसमिति क्षेत्र नम्बर २ चितवनमा संयोजक टंकनाथ पौडेल, उपसंयोजक बासुदेब शिलवाल,सदस्यहरु ऋषिराज पाण्डे, भक्ति तिमिल्सिना, भरतप्रसाद दवाडी, छबीलाल दवाडी, नवकुमार अधिकारी, चिजकुमार श्रेष्ठ, भबिश्वर गुरुङ, क्याप्टेन सुर्य गुरुङउमानाथ तिमिल्सिना, महेश प्रसाद अधिकारी, प्रल्हाद उप्रेती, दिनेश मल्ल, प्रकाश थापा, योगेन्द्र मगर, तुल बहादुर गुरुङ रहनुभएको छ ।

Loading...