चुनावी प्रचार प्रसार तिब्र पार्दै राजनीतिक दल

चितवन । संघिय र प्रदेशिक निर्वाचन नजिकिदैं जाँदा चितवनका राजनैतिक दलहरुले घरदैलो र कोणसभालाई तिव्रता दिएका छन् । चितवन क्षेत्र नम्वर २ मा बाम गणवन्धनका उम्मेद्वारले आज (मंगलवार) पनि घरदैलो र कोणसभालाई निरन्तरता दिएका छन् । आज भरतपुर महानगरपालिका वडा नम्वर ४ को लंकुमा कोणसभा गरिएको छ, भने सो वडाका विभिन्न क्षेत्रमा घरदैलो गरिएको छ ।

कोणसभामा वोल्दै प्रतिनिधी सभाका उम्मेद्वार कृष्णभक्त पोखरेलले चितवनको विकास बाम गठबन्धनबाट मात्रै सम्भव रहेको वताउनु भयो । उहांले निर्वाचन पश्चात वामपन्थीको दुइतिहाई बहुमत सहितको सरकार बन्ने निश्चित भएकाले पनि चितवनका सवै क्षेत्रमा बामपन्थीले जित्नुपर्ने दावी गर्नुभयो । उहाँले चितवनमा प्रचण्ड लगाएतका शिर्ष नेतृत्व चुनावी मैदानमा रहेकाले पनि देश विदेशको ध्यान चितवन केन्द्रित वनेको वताउनु भयो । पोखरेलले पार्टी भन्दा माथी उठेर बामपन्थी उम्मेद्वारलाई मतदान गर्न नेपाली कांँग्रेसका कार्यकर्तालाई आग्रह गर्नुभयो ।

यस्तै सोही कोणसभालाई सम्वोधन गर्दै चितवन क्षेत्र नम्वर २ (ख) का उम्मेद्वार विजय सुवेदीले योजनाबद्ध रुपमा चितवनको विकास गर्नुपर्ने वताउनुभयो । उहाँले सवै मिलेर महानगर बनाएको स्मरण गर्दै प्रष्ट भिजन र मिसनका साथ काम गर्ने सक्नेलाई निर्वाचित गर्न मतदातालाई सुझाव दिनुभयो । “सुवेदीले भन्नुभयो, पदमा पुग्ने जिम्मेवारी लिने, तर काम गर्न सकेन भनेर हात उठाउने परिपाटीको छ, त्यो अन्त्य हुनुपर्ने ।” जनताको काम गर्न नसक्ने व्याक्ती निर्वाचनमा उम्मेद्वार हुन नहुने उहाँको भनाई छ । सुवेदीले काम नगर्नेले ठाउँ ओगट्ने होइन, काम गर्नसक्नेलाई अवसर दिनुपर्छ भन्नुभयो ।

यस्तै सोही क्रममा वोल्दै एमाले नेता देवी ज्ञवालीले बाम गठबन्धनबाट चितवन २ मा अघि सारेका उम्मेद्वारमा कुनै खोट नरहेको भन्दै अत्याधिक बहुमतले विजयी गराउन आग्रह गर्नुभयो । उहांले कृष्णभक्त पोखरेल र विजय सुवेदीले अहिलेसम्म जनताको सेवामा लागेकै कारण लोकपृयता हाँसिल गरेको वताउनुभयो ।

यस्तै आजनै भरतपुर महानगरपालिका बडा नम्वर २९ मा बाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गरिएको छ । सो अवसरमा एमाले जिल्ला नेता केशवलाल श्रेष्ठ, प्रतिनिधी सभाका उम्मेद्वार कृष्णभक्त पोखरेल र प्रदेश सभाका उम्मेद्वार घनश्याम दाहाल “अविनाश” लगाएतको उपस्थिती रहेको थियो ।

Loading...