विश्व मधुमेह दिवस मनाइयो

चितवन । मधुमेह र महिला स्वास्थ्य भन्ने नाराका साथ मंगलबार चितवनमा विश्व मधुमेह दिवस मनाइएको छ । हरेक १० जना मधुमेहका बिरामी मध्ये एकजना महिला तथा हरेक सय जना गर्भवती महिलामध्ये छ जनामा मधुमेह देखिने गरेको छ । एक नसर्ने रोगबाट मर्ने मानिसहरुको तुलना गर्दा मधुमेहका कारणले मृत्यु हुनेको संख्या सातौँ नम्बरमा पर्दछ ।

२४ हप्तादेखि २८ हप्ताको गर्भवती महिला मधुमेहका कारण बढी जोखिममा हुने गरेका छन् । गर्भवती महिलालाई मधुमेह भएको अवस्थामा उनको बच्चालाई समेत जन्मजात नै यो रोग लाग्न सक्ने भएकोले विशेष सतर्कता अपनाउनुपर्छ । गर्भवती महिलामा मधुमेहको जोखिम बढेकाले यो वर्षको नारा मधुमेह र महिला स्वास्थ्य राखिएको हो । मानिसको दैनिकी फेरिदै गएको कारण मधुमेहको बिरामी बढ्दै गएका चिकित्सकहरु बताउँछन् ।

मधुमेह सम्बन्धी जनचेतना जगाउने उद्देश्यले भरतपुरका विभिन्न संघसंस्थाको आयोजनामा मंगलबार बिहान भरतपुरको चौबिसकोठीबाट नारायणगढसम्म ¥यालीको आयोजना गरिएको थियो । तेलमा तारिएका खानेकुरा मधुमेहको लागि सबैभन्दा हानिकरण भएको तथा बढी भोक लाग्ने, बढी तिर्खा लाग्ने, पटक पटक पिसाब लाग्ने भएमा मधुमेह भएको हुनसक्छ ।

मैदाले बनेका मम, चाउमिन, भूजिया लगायतका खानेकुरा नखाने र नियमित कम्तिमा पनि आधा घण्टा पसिना आउने गरी व्यायाम व्यायम गर्दा मधुमेहबाट छुटकारा पाउन सकिन्छ । विश्वका करिब ४० करोड मानिस मधुमेह रोगबाट पीडित भएकोमा झण्डै ८० प्रतिशत मिरामी विकासोन्मुख राष्ट्रका छन् ।

Loading...