नयाँ शक्तिले चितवनमा विक्रम पाण्डेलाई सहयोग गर्ने

चितवन । नयाँ शक्ति पार्टी नेपाल चितवनले निर्वाचन क्षेत्र नम्वर ३ मा प्रतिनिधि सभा तर्फ लोकतान्त्रीक गठबँन्धनका उमेरद्धार विक्रम पाण्डेलाई मतदान गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालयमा नै पत्रकार सम्मेलन गरि प्रदेश तर्फ आफनै उमेरद्धारलाई मतदान गर्दे प्रतिनिधि सभा तर्फ बर्तमान वन मन्त्री पाण्डेलाई सहयोग गर्ने निर्णय गरेको जिल्ला संयोजक विष्णुहरी तिमिल्सीनाले जानकारी दिनु भयो ।

जिल्लाका अन्य ८ वटै क्षेत्रमा र समानुपातिक तर्फ आफना उमेरद्धारलाइृ मतदान गर्न आग्रह गर्दै संयोजक तिमिल्सीनाले बामगठबन्धनको नेकपा एमाले र माओवादी केन्द्रले धोका दिएको कारण र ति दुई मात्र बाम होईनन भन्ने धारणा राख्न पनि र सवैको समान अस्तित्व स्थापित गर्न चितवन ३ प्रतिनिधि सभामा लोकतान्त्रीक गठबँधन्न लाई मतदान गर्ने निर्णय गरेको बताउनु भएको हो ।

यस्तै पत्रकार सम्मेलनमा नयाँ शक्ति पार्टी नेपाल प्रत्यक्ष निर्वा्चित राष्ट्रपति प्रणली लागु नगरे सम्म सधर्ष गरिरहने समेत जनाकारी गराईएको थियो । नयाँ शक्ति पार्टी चितवनले चितवनबाट समानुपातिकमा प्रतिनिधि तर्फ दान बहादुर तामाङ र प्रदेश तर्फ ३ जना र प्रत्यक्ष तर्फ चितवन ३ बाहेक अन्य ८ वटै क्षेत्रमा उमेरद्धारी दिएको छ ।

Loading...