वाम गठबन्धनका उम्मेदवार हत्याको षडयन्त्र भइरहेको अोलीको अारोप

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनदेखि आत्तिएकाले एमाले, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हत्याको षडयन्त्र गर्न थालेको बताएका छन् । आज मध्यपुरथिमिको लोकन्थलीमा एमालेले आयोजना गरेको एमालेसँग नयाँ शक्ति पार्टी एकीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

वाम गठबन्धनको उम्मेदवारमाथि मात्रै हत्या गर्ने योजनासहित आक्रमण हुनुमा सरकारको समेत संलग्नताको आशंका उनले व्यक्त गरे । सरकारले कार्यकर्तालगायत विभिन्न व्यक्तिलाई रु २३ करोड बाँड्नु र बम पड्कनुको सम्बन्ध त छैन भन्दै ओलीले सरकारी ढुकुटी दोहन गरेर सरकारले रु २३ करोड कार्यकर्ता र विभिन्न व्यक्तिलाई बाँडेको बताए । ‘गोली र बम पड्किन थालेको छ, गठबन्धनका उम्मेदवारमाथि छानीछानी आक्रमण हुन थालेको छ, यसको तालमेल कहाँ छ सरकार ?’, उनले प्रश्न गरे ।

Loading...