पाटन अौद्योगिक क्षेत्रमा लागेको अागो अझै नियन्त्रणमा हुन सकेन

ललितपुर । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा भित्र लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका दमकल खटाइएको र सेना, प्रहरी तथा सशस्त्र प्रहरीको दमकल प्रयोग भइरहेको छ।

यस्तै आगो निभाउन नागरिक उड्डयन प्राधिकरणको पनि सहयोग लिइएको छ । निजी ट्यांकरबाट पनि पानी ओसार्ने र छ्याप्ने काम भइरहेको छ। मंगलबार बेलुका ६ बजेतिर लागेको आगोले करौडौँको क्षति गरेको छ।

औद्योगिक क्षेत्रभित्र रहेको आनन्द प्लाष्टिक उद्योगबाट सुरु भएको आगलागीले नजिकै रहेको पूर्ण काष्ठ उद्योग र पञ्चकन्या युनिकमा समेत क्षति पुगेको छ। आगोले तीनवटा उद्योगमा धेरै क्षति पुगेको छ ।

Loading...