निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता

चितवन । निर्वाचन आचारसंहतिा अक्षरस पालना गर्ने चितवनका उम्मेद्वारहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । आज मुख्य निर्वाचनको अधिकृतको कार्यालय भरतपुरले आयोजना गरेको अन्र्तरक्रिया कार्यक्रममा वोल्दै उम्मेद्वारले आचारसंहतिा पालना गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् । सो अवसरमा वोल्दै चितवन क्षेत्र नम्वर ३ का उम्मेद्वार तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा निर्वाचनका गतिविधी भैरहेको भन्दै आगामी दिनमा पनि निर्वाचन शान्तिपूर्ण हुने वताउनुभयो ।

उहांले आचरसंहिताको पुर्ण पालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । चितवनमा राम्रो राजनैतिक संस्कार रहेकाले पनि देशभर राम्रो संस्कार दिने वताउनुभयो । चितवनमा स्वच्छ र हार्दिकतापूर्ण रुपमा उम्मेद्वारले आफ्नो गतिविधी गरिरहेको उहांले वताउनुभयो ।

यस्तै वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले निर्वाचन आचारसंहिता अक्षरस पालना गर्न सबै लाग्नुपर्ने बताउनु भयो । उहांले भन्नुभयो “उम्मेद्वारका हरेक गतिविधिलाई जनताले नजिकबाट नियालिरहेका हुन्छन, आचारसंहिता सबैले पालना गर्नुपर्छ ।” उहांले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेद्वारलाई जनताले अविश्वास गर्ने भएकाले पनि प्रतिवद्ध भएर आचारसंहिता कार्यान्वयन गर्नुको विकल्प नभएको बताउनु भयो ।

उहांले चितवनलाई निर्वाचन आचारसंहिता पालना भएको नमुना जिल्लाका रुपमा चिनाउन सबैतह लाग्नुपर्ने बताउनु भयो । उहांले ‘खिलराज रेग्मी पालामा भएको निर्वाचन जस्तो निष्पक्ष र धाँधलिरहति चुनाव गराउन निर्वाचन अधिकृतहरुलाई सुझाव दिनुभयो ।

सो अवसरमा वोल्ने अन्य बक्त्ताहरुले पनि उम्मेद्वारहरु आँफै सजग भए आचारसंहतिा उल्लघनका घटना नहुने वताएका थिए । त्यस्तै कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पहिलो चरण निर्वाचन सकेर अन्य जिल्लाबाट मानिस आउन सक्ने भएकाले त्यसका विषयमा पनि जिल्ला सुरक्षा समिति चनाखो रहेको छ । जिल्लामा निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेकपा, अन्तरपार्टी कलह, अस्वस्थ प्रतिस्पर्धा, पार्टीगत वैमनस्यता, गुण्डाको प्रयोगलगायत विषय चुनौतीका रुपमा देखापरेको बताउनुभयो । सुरक्षा समितिले नेपाल प्रहरीको मोबाइल टोल, रिजर्भ र सिभिल टोली, सशस्त्र प्रहरीको मोबाइल र स्ट्राइकिङ टोली, नेपाली सेनाको टुकडी तथा बेस र राष्ट्रिय अनुसन्धानको इन्टिलेन्स समूह पनि परिचालन गरिएको प्रजिअ भट्टले जानकारी दिनुभयो ।

 

Loading...