भारतकी मानुसी चिलर बनिन् मिस वर्ल्ड

काठमाडौँ । भारतकी मानुसी चिलरले मिस वर्ल्ड २०१७ को ताज चुमेकी छन् । चीनको सान्यामा शनिबार भएको प्रतिस्पर्धामा इंगल्याण्ड, फ्रान्स, मेक्सिको र केन्याकी सुन्दरीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

भारतीय सुन्दरीले मिस वर्ल्डको ताज जितेको यो चौथो पटक हो भने सन् २००० यता पहिलो पटक हो। भारतबाट सन् १९६६ मा रेइता फरिया, १९९४ मा ऐश्वर्य राय र २००० मा प्रियंका चोपडाले मिस वर्ल्डको ताज पहिरिएका थिए।

इंगल्याण्डकी स्टेफेनी हिल फस्ट रनरअफ र मेक्सिकोकी आन्द्रे मेजान सेकेण्ड रनरअफ भइन्। मिस नेपाल निकिता चाण्डक भने टप ४० बाट बाहिरिएकी थिइन् ।

Loading...