छोरा प्रकाशको शरीरमा यसरी दिए प्रचण्डले दागबत्ती

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको पशुपति अार्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ । आइतबार बिहान निधन भएका प्रकाशको पार्थिव शरीरमा बुवा प्रचण्डले अपरान्ह पशुपति आर्यघाटमा दागवत्ति दिएका थिए ।

प्रचण्डले हिन्दु परम्परा अनुसार कोट तथा जुत्ता खोलेर पार्थिव शरीरलाई तीनपटक घुमेपछि मात्रै दागबत्ती दिएका थिए । त्यसअघि प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चार घण्टा राखिएको थियो ।

पार्टी कार्यलयमा दाहाललाई अन्तिम श्रद्धान्जलि दिन माओवादी केन्द्रका अधिकांश नेता तथा कार्यकर्ताका साथै नेपाली कांग्रेस, एमाले नयाँ शक्तिलगायत पार्टीका शीर्ष नेता पुगेका थिए । २०३६ सालमा जन्मिएका प्रकाश २०५७ सालबाट पार्टीको पुर्णकालिन सदस्य बनेका थिए । उनी माअोवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत थिए ।

प्रकाशको छोरा भए पनि उनी नाबालक नै भएकाले बाबु प्रचण्डले नै दागबत्ती दिएका हुन्।

Loading...