अन्तराष्ट्रिय आत्महत्या क्षति प्रभावित दिवस नेपालमा पहिलो पटक

अन्तराष्ट्रिय आत्महत्या क्षति प्रभावित दिवस (१८ नवम्बर )को अबसरमा नेपालमा पहिलो पटक आत्महत्या रोकथाम र मानसिक स्वास्थ्यको क्षेत्रमा कामगर्ने मनोविज्ञान सम्प्रदाय नेपाल युथ केयर फाउन्डेसन र साइकडेस्क फाउन्डेसनसँगको सहकार्यमा राजधानीमा शनिबार विभिन्न कार्यक्रम गरेका थिए । यस कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत व्यतिहरु मनोविद्ध, संचारकर्मी, साहित्यकार, समाजसेवी, स्वास्थ्यकर्मी, शिक्षक र बिद्यार्थीहरु गरी ४६ जनाको सहभगिता रहेको थियो ।१८ नवम्बरलाई अन्तराष्ट्रिय आत्महत्या क्षति प्रभावित दिवसका रुपमा मनाउन थालेको १८ वर्ष भइसकेको छ । अन्तराष्ट्रिय आत्महत्या क्षति प्रभावित दिवस प्रत्येक वर्ष अमेरिकामा मनाईने थ्याङस गिभिङडेको एक दिन पहिले मानाइने गरिन्छ । आत्महत्या रोकथाम सम्बन्धी संस्था एएफएसपी र बिश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा १९औं विश्व आत्महत्या दिवस विश्वका १८ देशमा विभिन्न कार्यक्रम गरि मनाई रहेको छ ।

आत्महत्याको रोकथामको लागी मनोविज्ञान सम्प्रदाय नेपाल (टिसप नेपाल) ले गत वर्ष २४ वटा समुहमा ४४१ जनालाई २ दिने आत्महत्या रोकथाम सहजिकरण तालिम संचालन गर्नुका साथै २० वटा जिल्लामा १७० वटा आत्महत्या रोकथाम सचेतना अभिमुखिकरण कार्यक्रमवाट १५,६२० जना प्रत्यक्ष सहभागि गराएको मनोविज्ञान सम्प्रदाय नेपालका अध्यक्ष डा.नरेन्द्र सिह ठगुन्नाले बताए ।

 

Loading...