चियासँग कवितामा गिरी श्रीस

चितवन । चियासँग कविताको ३८ औँ श्रृङ्खलामा बुटवलका कवि गिरि श्रीस मगरले आज आफ्ना एक दर्जन कविता वाचन गरेका छन् । स्वतःस्फुर्त रुपमा स्थापित चियासँग कविता समूहले शनिबार बिहान आयोजना गर्ने चियासँग कविताको आजको श्रृङ्खलामा कवि मगरले सीमान्तकृत मानिसहरूको पक्षमा लेखेका कविताहरू वाचन गरे ।

कवि मगरले वाचन गरेका कविताहरूमध्ये प्रोक्सी एड, नक्सा, ट्रान्सफर्मर तान्ने केटाहरू, हात नभएको मानिस, युवाहरूको कथा जस्ता कवितालाई उपस्थित श्रोताहरुले बढी मन पराएका थिए ।

भरतपुरको होटल ग्लोबलमा भएको कार्यक्रममा वाचित कवितामाथि बुटवलका समीक्षक रामचन्द्र श्रेष्ठ, चितवनका समीक्षक उदय अधिकारी र कवि गोविन्दराज विनोदीले समीक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रमलाई कवि भूपिनले सहजीकरण गरेका थिए ।

Loading...