मतदान अधिकृतलाई प्रशीक्षण

चितवन । जिल्ला निर्वाचन कार्यालय चितवनले शनिबार भरतपुरमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुका लागि मतदान तथा मतगणना प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ । प्रत्येक मतदाताले गोप्य र सुरक्षीत रुपमा मतदान गर्न पाउनुपर्ने सो कार्यक्रममा कोल्दै मुख्य निर्बाचन अधिकृत तथा जिल्ला न्यायाधिस कुल प्रसाद शर्माले बताउनुभयो ।

उहाँले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरु मतदान केन्द्र शान्त र कम भिडभाड बनाउन सुझाब दिनुभएको छ । साथै उहाले जिम्मेवारी पुर्बक कार्य गर्न निर्देशन दिनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटले सुरक्षाको बारेमा ढुक्क भई तथा कसैको पक्ष बिपक्षमा नभई निष्पक्ष र तटस्थ भएर काम गर्न मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई आग्रह गर्नुभएको छ ।

स्वच्छ, निष्पक्ष र धाधली रहित निर्बाचन गराउन मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको ठुलो भुमिका हुने चितवन निर्बाचन अनुगमन टोलीका प्रमुख तथा सहन्यायाधिबक्ता उद्धव पुडासैनीले बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दिपक थापाले सुरक्षाको बिषयमा ढुक्क भएर मतदान गर्ने बातावरण हुने बताउनुभएको छ । चितवन जिल्लाका सम्पुर्ण मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

Loading...