महिलालाई चर्खा चलाउने तालिम

चितवन । पुर्वी चितवनको कालिका नगरपालिकाका महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउने उदेश्यका साथ सुरु भएको चर्खाबाट उन कात्ने तालिमको आज एक औपचारिक कार्यक्रमका विच समापन गरिएको छ । चेतनाचेली बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा सुरुभएको एक हप्ते तालिमको आज समापन गरिएको हो ।

तालिमका लागि राष्ट्रिय प्राकृतिक संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्र सौराहाको हरियो वन कार्यक्रमले आर्थिक सहयोग गरेको हो । १ हप्ता सम्म संचालन भएको तालिम प्रभावकारी रहेको सहभागिहरुले बताएका छन् । घरायासी काममा मात्र व्यस्त रहने महिलाहरुको सहज आर्थिक स्रोत बनेको उनिहरुले बताएका छन् ।

तालिमले आर्थिक रुपमा सवल बनाउनुका साथै आत्मसम्मानको समेत विकास भएको उनिहरुले बताए । तालिममा सहभागिहरुलाई चर्खा हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम कालिका नगरपालिका वडा नं.२का वडाध्यक्ष सोम बहादुर तामाङले महिलालाई आत्मनिर्भर बनाउनका लागि यो तालिम कोशे ढुंगा सावित भएको बताए ।

व्यवसायमुखी रुपमा नसके निर्वाहमुखी रुपमा चर्खाको प्रयोग गर्न उनले सहभागिहरुलाई आग्रह गरे । साथै जंगली पैदावार र जंगली जनावरको संरक्षण र संवद्र्धनमा समेत महिलाहरु लागिपर्न आवश्य रहेको उनले बताए । कार्यक्रममा एन.टि.एन.सि जुका चिरञ्जिवी पोखरेल,भिमवली सामुदायीक वन उपभोत्ता समुहका अध्यक्ष मछिन्द्र पाण्डे, राष्ट्रिय प्राकृतिक संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्र सौराहाका राम कुमार अर्याल लगायतको सहभागिता रहेको थियो ।

यस्तै कार्यक्रममा राष्ट्रिय प्राकृतिक संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्र सौराहाले चेतनाचेली बहुउदेश्यिय सहकारी संस्थालाई ६ लाख ७५ हजार बराबरको कार्यालय सामाग्री हस्तान्तरण समेत गरेको थियो । कार्यालयलाई आवश्यक प्रिन्टर,फोटोकपि मेसिन,कम्प्युटर लगायतको सामाग्री सहयोग प्रदान गरेको हो ।

संस्थाकी अध्यक्ष सत्यदेवी श्रेष्ठले सहयोग भएको सामाग्रीले कार्यालयको कार्य सम्पादनमा ठुलो मदत पुराउने भन्दै धन्यवाद व्यत्त गरे । नगरपालिकाका विभिन्न वडा एवम समुहहरुको जम्मा ६५ जनालाई तालिम दिइएको हो । २१ जना प्रशिक्षहरुले उनिहरुलाई प्रशिक्षण दिएका हुन् ।

 

Loading...